आन्दोलन संसदवादी दलको नौटंकी : वैद्य

1.3K

आन्दोलन संसदवादी दलको नौटंकी : वैद्य

baidha

बुटवल, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तकारी माओवादी) का अध्यक्ष मोहन वैद्य (किरण)ले संविधान संशोधन दर्तापछि भएको आन्दोलनलाई संसदवादी दलको लडाई भएको टिप्पणी गर्नुभएको छ ।

जनताको जनभावनालाई पार्टीले सधैं सम्मान गर्ने तर संविधान संशोधनको नाममा जनतालाई दुःख दिने गरि गरिएको आन्दोलन संसदवादी दलको नौटंकी भएको वैद्यले जिकिर गर्नुभयो । पार्टी अगुवा कार्यकर्ता भेलालाई आज बुटवलमा सम्बोधन गदैं वैद्यले हचुवाको भरमा सीमा हेरफेर गरिएको वैद्यले दावी गर्नुभयो ।

आदिवासी जनजाति, मधेसी, थारु, दलित लगायत उत्पीडित बर्गले उठाएका जायज माग संविधान संशोधनमा समेटिनु पर्ने अध्यक्ष वैद्यले जोड दिनुभयो । पहिले एकतर्फि रुपमा जनतामा संविधान लाद्ने काम भएकाले अहिले जनता सडकमा ओर्लिएको उहांले दावी गर्नुभयो ।

जारी विवाद समाधानका लागि पार्टीले ल्याएको १४ प्रदेशको खाकालाई अघि सारे समस्याको समाधान निस्कने उहांले बताउंनुभयो । नेपाली जनताको साञ्चिकैं मुक्तिका लागि जारी संविधान खारेजी गरि जनसंविधान निर्माण नैं उक्तम विकल्प भएको उहांले डोहोर्याउंनुभयो ।

भेलामा पार्टी सचिवालय सदस्य प्रेमनाथ सुवेदी, जिल्ला संयोजक भुलबहादुर सुनारी, जिल्ला सचिवालय सदस्य राजु भुजेल लगायतले बोल्नु भएको थियो ।