
भैरहवा, २३ मंसिर । उद्योगी कुल प्रसाद न्यौपानेलाई लक्षीत गर्दै भएको गोली प्रहारको घटना रहस्यपुर्ण बन्दै गएको भन्दै नेपाली कांग्रेस रुपन्देही दोषी र सत्यतथ्य सार्वजनीक गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणँले बिहीबार बिज्ञप्ती जारी गर्दै उद्योगी एवं सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष माथी भएको घटना दुःखद रहेको भन्दै घटनाको निन्दा गरिएको छ । बिज्ञप्तीमा घटनाले उद्योगी ब्यबसायी लगायत सवैमा त्रास सिर्जना गरेको भन्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्न प्रशासन संग माग गरिएको छ ।

भैरहवा स्थित गल्लामणीमा रहेको मुक्तीनाथ खाद्य उद्योगका संचालक न्यौपानेलाई लक्षीत गरी मंगलवार साझ उनकै निवासमा गोली प्रहार भएको थियो ।
गोली प्रहारको अभीयोगम ारुपन्देही सिपवा ५ का बिरेन्द्र यादवलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरे पनि सत्यतथ्य बाहीर आउन सकेको छैन् । उनलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी प्रहरी थप अनुसन्धानका लागि १० दिनको म्याद लिएको छ ।