“सहकार्यका लैंगिक चेतनामूलक कार्यक्रमले महिला हिंसाका घट्छ”

1.3K

“सहकार्यका लैंगिक चेतनामूलक कार्यक्रमले महिला हिंसाका घट्छ”

sancharika

बुटवल, २४ मंसिर । सहकार्य र समन्वयमा लैंगिक चेतनामूलक कार्यक्रम सञ्चालन गरे मात्रै महिलामाथि भएका हिंसाका घटना कम हुने सरोकारवालाहरुले बताएका छन् ।

यसकालागि सरकारी निकाय, गैरसरकारी संघसस्था, नागरिक अगुवा महिला समूह लगायतले महिला हिंसाका घटनालाई शून्य सहनशीलताका रुपमा हेरेर बाहिर ल्याउने र सहजीकरण गर्नुपर्ने उनीहरुले निश्कर्ष निकाले । सञ्चारिका समूह, कदम नेपाल र बुटवल उप महानगरपालिकाले बिहीवार बुटवलमा संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कानुनी चेतनाको अभाव र संरक्षण  अभावले पनि कतिपय महिलाहरुले हिंसाका घटना सहन बाध्य भएको जनाए ।

यस्तो हुन नदिन सरोकारवालाहरुले त्यस्ता महिलाको लागि आर्थिक सहयोगसंगै चेतना अभिवृद्धिका कार्यक्रम  समेत सञ्चालन गर्नुपर्ने बताए । सहभागीले पीडितलाई न्याय र संरक्षणका लागि पीडकलाई कानुनी कारबाहीसंगै र सामाजीक बहिष्कारका कार्यक्रम गर्न सुझाव दिए ।

महिलामाथि हुने हिंसा र न्यायको प्रक्रियामा सहजताका लागि सरोकालाको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले न्यायमा महिलाको पहुच सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसमा प्रहरी र अदालतमा दर्ता भएका महिलामाथि भएका घरेलु, सामाजीक, बलत्कार तथा यौन, बेचबीखन तथा ओसारपसार, हत्या र अन्य हिंसाका घटनाहरुको अध्ययन गरिएको थियो ।

sancharika-1

अध्ययन प्रतिवेदनमा पीडकको डरत्रास, महिलाको आत्मवलमा कमी, सहज कानुनी सेवाको अभाव, मेलमिलापका नाममा दवाव, आर्थिक अभाव लगायतले महिलाको पहुचमा सहज न्याय नभएको बताइएको थियो ।

बुटवल उपमहानगरपालिकाका सामाजीक महाशाखा प्रमुख भूवाप्रसाद लुईटेलको अध्यक्षता रहेको कार्यक्रममा सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, महिला नगर समन्वय समितिका उपाध्यक्ष रिजन श्रेष्ठ,मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका अधिकृत कल्पना नेपाल, गैससमहासंघ केन्द्रीय सदस्य सुमित्रा शर्मा, प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी, शान्ति समिति तिलोत्तमाका सदस्य देवी वाग्ले, इप्रका बुटवलका विष्णुमाया थापा लगायतले महिला हिंसा घटाउने उपायका बारेमा बताउनु भएको थियो ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाका बरीष्ठ अधिकृत दामोदर ज्ञवालीको स्वागत र सञ्चारिका समूह लुम्बिनीका उपाध्यक्ष निरु गौतमको सञ्चालनमा भएको थियो ।