आन्दोलनरत मधेसी मोर्चा छलफलमा ब्यस्त

1.3K

आन्दोलनरत मधेसी मोर्चा छलफलमा ब्यस्त

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित मधेसकेन्द्रित दलहरू आज हुने प्रधानमन्त्री चुनावका लागि उम्मेदवारहरू नेपाली कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली कसलाई मतदान गर्ने भन्ने विषयमा बैठकमा बसिरहेका छन्।

अहिले बसिरहेकफ मोर्चाको बैठकले कोइराला वा ओली कसको पक्षमा मतदान गर्ने भन्ने निर्णय हुनेछ। अहिलेसम्म मधेसकेन्द्रित कुनै पनि दलले औपचारिक रूपमा दुई मध्ये एक उम्मेद्वारलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेका छैनन्।

यद्यपी मधेशकेन्द्रीत दलहरू कांग्रेका उम्मेद्वारा सुशील कोइरालालका पक्षमा देखिएका छन्।

संविधान निर्माणप्रति असन्तुष्ट रहँदै संविधानसभा बहिष्कार गरेका उक्त मोर्चा आबद्ध दल मोर्चामा संघीय समाजवादी फोरम नेपालका १५, तमलोपाका ११, सद्भावनाका ५ र तराई मधेस सद्भावनाका ३ सहित ३५ सभासद छन्।

यस्तै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संयुक्त मधेसी मोर्चाले पनि कोइरालाको पक्षमा मतदान गर्ने/नगर्ने विषयमा आजै निर्णय गर्दै छ। बैठकमा १४ सभासद रहेका गच्छदारसहित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीको ३ र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका १ सभासद छन्।