आश्रमलाई मितेरीको आर्थिक सहयोग

1.3K

आश्रमलाई मितेरीको आर्थिक सहयोग

news-photo

बुटवल, २५ मंसिर । बुटवल–४ पाखापानीमा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाआश्रममा मितेरी समाज यूएईले आर्थिक एवं खाद्यान्न सहयोग गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि समाजका बरिष्ठ उपाध्यक्ष प्रदिप पुनले नगद ७५ हजार र खाध्यान्न सहयोग गर्नु भएको हो । आश्रमका महासचिव बेनबहादुर पौडेललाई नगद हस्तान्तरण गर्नुका साथै आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाना खुवाएर सहयोग गरिएको बरिष्ठ उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

उहाँले आश्रममा रहेका बृद्धबृद्धाहरुलाई केहीभएपनि सहयोग मिलोस् भनेर आर्थिक सहयोग गर्नुका साथै एक प्रहरको खाना खुवाएर समाजका माध्यमबाट सहयोग गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा आश्रमका महासचिव बेनबहादुर पौडेल, संस्थाका ब्यवस्थापक कृष्णबहादुर रेश्मी लगायतले विभिन्न स्थानका संघसंस्था र ब्यक्तिले आश्रमका लागि गर्ने सहयोगको मुल्यांकन नभएको उल्लेख गर्दै आश्रममा आश्रित बृद्धबृद्धाका लागि गरिने सहयोगले उहाँहरुलाई केही भएपनि राहत पुग्ने बताउनुभयो । कार्यक्रमको संचालन मनोज कुमार क्षेत्रीले गर्नु भएको थियो ।