बुटवल, २५ मंसिर । आदिवासी जनजाति पत्रकार मञ्च, नेपाल, रुपन्देहीले मंसिर २७ गते बुटवलमा राष्ट्रिय स्तरको अन्तरक्रिया गर्ने भएको छ ।
संविधान संशोधन, पुर्नलेखन, खारेजी र कार्यान्वयनमा देखिएको चुनौति विषयमा मञ्चले अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रमको आवश्यक सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष टेकबहादुर मास्कीरानाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सदस्य एवं पूर्व मन्त्री देब गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय महासचिव केशव सूर्यवंशीमगर, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य के.बी.गुरुङ, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका केन्द्रीय निर्देशक समितिका सदस्य आङकाजी शेर्पा, नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्राई, नेपाली कांग्रेस, रुपन्देहीका सभापति एवं सांसद अब्दुल रज्जाक लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।
बुटवल–१० सुख्खानगरस्थित ग्रीन भ्याली पार्टी प्यालसेमा दिउंसो १.०० बजेबाट शुरु हुंने कार्यक्रममा सहभागि हुंन सबैमा मञ्चले अनुरोध गरेको छ ।