काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ ।प्रधानमन्त्री निर्वाचनको केहीबेर अगाडि भट्टराई स्वयं उपस्थित भएर सनाखत गरेपछि सभामुख सुवास नेम्वाङले उनको राजीनामा स्वीकृत गरेका हुन् ।भट्टराईले असोज पाँच गते एमाओवादी परित्याग गर्दै संसद सदस्यबाट पनि राजीनामा दिएका थिए । तर, एमाओवादी अध्यक्ष प्रचण्डले रोकेपछि सभामुखले उनको राजीनामा स्वीकृत गरेका थिएनन् ।