सभामुख घर्ती युएई प्रस्थान

1.3K

सभामुख घर्ती युएई प्रस्थान

onsari

काठमाडौँ, २५ मङ्सिर । विश्वका महिला सभामुखको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती आज संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा जानुभएको छ ।

आज साँझ उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।

सभामुख घर्तीका साथ प्रमुख तीन राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसद्का महासचिव सहभागी हुनुहुन्छ । उहाँ यही मङ्सिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।