जनताले चाहेजस्तो सङ्घीयताका लागि तयारी पुगेन :कोइराला

1.3K

जनताले चाहेजस्तो सङ्घीयताका लागि तयारी पुगेन :कोइराला

sashanka koirala

वालिङ, २५ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सङ्घीयताको कार्यान्वयनमा विवाद देखिनुको पछाडि तयारी अपुग भएको बताउनुभएको छ ।

नेता कोइरालाले आज स्याङ्जाको मूल्याङ्कोट गाविसको दार्सिङमा रहेको राममन्दिर उच्च माविमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै मधेसवादी दल र सरकारले संसद्मा पेस गरेजस्तो सङ्घीयता आवश्यक नभएको बताउँदै सबैको मन जित्नेखालको सङ्घीयताका लागि अझै तयारी गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।

“सङ्घीयताले धेरै पछाडिसम्म असर पार्न सक्छ” नेता कोइरालाले भन्नुभयो –“दलगत स्वार्थलाई एकातिर पन्छाएर जनताको सुविधालाई मध्यनजर गरी हिमाल, पहाड र तराई नछुट्ने गरी सङ्घीयता निर्माण गर्नसके त्यो प्रभावकारी हुन सक्छ ।”

नेता कोइरालाले देशमा देखिएको अन्योलताको स्थितिलाई चिर्नु आजको आवश्यकता भएको बताउँदै संविधानको सफल कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनुको विकल्प नभएको दाबी गर्नुभयो ।