फोरम लोकतान्त्रिकलेओलीलाई भोट दिने

541

फोरम लोकतान्त्रिकलेओलीलाई भोट दिने

bijay

मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)सँग नेकपा एमाले र एमाओवादीले ८ बुँदे सहमति गरेको छ।  सहमति अनुसार अब फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्ने भएको छ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीका अनुसार थारु र मधेशीले राखिरहेको माग सम्बोधन गर्ने लगायतका ८ बुँदे सहमति भएको बताए। संसदमा फोरम लोकतान्त्रिकका १४ सांसद रहेका छन्।

यस्तै एउटा जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका अाधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न पनि तीन दल सहमत भएका छन्। थरुहट/थारुवान र मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार र राहत उपलब्ध गराउने, आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्धा फिर्ता गर्ने र पक्राउ परेकालाई रिहा गर्ने पनि ३ दलबीचको सहमतिमा उल्लेख भएको नेता चौधरीले जानकारी दिए।