सपनाले बनाएको फोटो ग्राफर

662

सपनाले बनाएको फोटो ग्राफर

prasim-1

बुटवल, २६ मंसिर । रुपन्देहीको सैनामैनामा जन्मिएका प्रसिम खनाल सानो उमेरमै आफूलाई फोटोग्राफीमा अव्बल बनाउने युवा हुन् । बुटवलको देवीनगरमा बस्ने २४ वर्षीय प्रसिम एक वर्ष यता फोटो ग्राफिमा आफूलाई अव्बल सावित गर्ने सपना सहित क्यामेरामा रमाईरहेका छन् ।

लगनशिल, मेहनती र काम प्रतिको लगावकै कारण उनले हिमाल सागर, धिरज राई, नविन के भट्टराई, सुगम पोखरेल, सञ्जिव सिंह, राज सिग्देल लगायतका कलाकारहरुसंग काम गर्ने अवसर पाईसकेका छन् ।

prasim-2

आफ्नो मानसपटलमा कल्पनाको तस्वीर कोर्ने तथा सुन्दरता र दृष्यहरुमा रमाउने प्रसिम दृष्य, प्रकाश र संगहरुसंग खेल्न औधि रुचाउँछन् । सानै उमेरमा ठूला र प्रबिधियुक्त क्यामेरा हुने कुरै भएन । मोवाईल तथा डिजीटल क्यामेरामा तस्वीरहरु कैद गर्ने प्रसिमलाई प्रविधियुक्त क्यामेराप्रतिको मोह बढ्दै गयो ।

prasim-3

फोटोमा रमाउने प्रसिमलाई उनका सुभचिन्तक तथा आफन्तहरुले पनि फोटोग्राफिकोलागि सुझाव दिन थाले । उनी सम्झन्छन्–‘रङ्ग र प्रकृतिसंग खेल्न सक्ने मान्छे तिम्रो फोटो ग्राफीमा राम्रो सम्भावना देखिन्छ ।’ उनीप्रति फोटो ग्राफीको मोहलाई देखेर डा. कपिल शर्माले सपना देखाएका थिए । अहिले आफूलाई यो स्थानमा उभ्याउने श्रेय पनि डा कपिललाई नै दिएका छन् । घरपरिवारबाट पनि राम्रो साथ र समर्थन रहेको उनी बताउँछन् ।

फोटो ग्राफी सुरु गरेको एक वर्ष भित्रै उनी अहिले बुटवलको व्लाक फरेष्ट, वान स्क्वाएर रेष्टुरेष्ट तथा कलाकार नविन के भट्टराई र सुगम पोखरेलको अफिसीयर फोटो ग्राफरको रुपमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् प्रसिम ।

prasim-4

सीर्जनशिल र लगनशिल भएर काम गर्ने हो भने हरेक कुरामा राम्रो सम्भावना देख्ने प्रसिम फोटो ग्राफिमा पनि उस्तै सम्भावना भएकाले आफूले फोटोग्राफीको करियर बनाउन लागेको बताए । उनी अव गायक राज सिग्देलको नयाँ आउन लागेको एल्वमको कवर फोटो सुटकालागि काठमाण्डौ जाँदैछन् । उनले भने–‘यदि फोटोग्राफी भन्दै बुटवलमा मात्रै केन्द्रित भएर बसेको भए यो उचाईमा पुग्न सक्ने थिईन ।’ उनले भविश्यमा प्रसिम फोटोग्राफीलाई आफ्नो छुट्टै ब्राण्ड बनाउने सपना देखेका छन् ।