मुलुक बचाउन न्युनतम सहमति : गुरुङ्ग

508

मुलुक बचाउन न्युनतम सहमति : गुरुङ्ग

tek-maski

प्रकाश खनाल/
बुटवल, २७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता देब गुरु¨ले राजनीतिक दलहरुबिच सहमति कायम गरेर अगाडी बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

मुलुकको अबस्था अत्यन्तै जटिल रहेको भन्दै उनले अहिले दलहरुबिच बुद्धिमतापुर्बक न्युनतम सहमति कायम गरेर अगाडी बढ्न नसके मुलुकनै नरहन सक्ने अबस्था आउन सक्ने चेतावनि समेत दिए । आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीद्धारा आज बुटवलमा आयोजित “संविधान संशोधन, पुनर्लेखन, खारेजी र कार्यान्वयनमा देखिएका चुनौति”बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरु¨ले मुलुकलाई बचाउन दलहरुबिच न्युनतम सहमति कायम गरेर अगाडी बढ्नुको बिकल्प नभएको बिचार ब्यक्त गरे ।

कुनै देशको नाम नलिईकनै गुरु¨ले बिश्व साम्राज्यवाद र बिस्तारवादले नेपालमा द्धन्द निम्त्याएर बहुराष्ट्रिय सेना नेपालमा भित्रयाउने र नेपालकै भविस्य समाप्त गर्ने षड्यन्त्र स्वरुप बिभिन्न पार्टी, समुदाय तथा क्षेत्रगत रुपमा खेल्ने काम गरेको दाबी गर्दै उनले राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबैले एक पटक गम्भिर भएर सोच्नै पर्ने आबस्यकता औल्याए ।

बर्तमान संबिधानले सबै जात जाति, भाषा भाषि र समुदाय र बर्गको मागलाई संबोधन गर्न नसकेको कुरामा दुईमत नरहेको बताउदै उनले अहिले सम्म प्रात्त उपलब्धिहरुको रक्षाका लागि संबिधान संसोधन गरेर अगाडी बढ्ने कुरा दलहरुबिच न्युनतम साझा सहमति हुन सक्ने बिश्वास ब्यक्त गरे । उनले सरकारद्धारा अहिले संसदमा पेस गरेको संसोधन प्रस्ताब दलहरुबिचको सहमति कायम गर्नका लागि पहिलो प्रयोग भएको बताए ।

कार्यक्रममा संघीय समाजवादी फोरमका नेता आङ्काजी शेर्पाले नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले संघीयताको गलत ब्याख्या गरेर जनतामा भ्रम पैदा गरेको आरोप लगाउदै एमालेलाई चिल आयो चिल आयो भन्दै कुखुरा चोर्ने बाठो स्यालको संज्ञा दिए ।

उनले अहिले बनाईएको दुई नम्बर प्रदेश मधेसी समुदायको बाहुल्यता रहे पनि अन्य पाँचवटा प्रदेश ब्राह्मण क्षेत्रीहरुको बाहुल्यता भएकोले त्यसले आदिवासी जनजातिहरुका हक हित र अधिकारको रक्षा गर्न नसक्ने भन्दै त्यस्तो संघियता जनजातिहरुले स्विकार गर्न नसक्ने चेतावनि दिए । बर्तमान संबिधान संसोधन,पुनर्लेखन नभएर खारेज गर्नुपर्ने उनको भनाई थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबसी मगरले अहिलेको संविधानलाई ठुला दलले जित्नेहरुको घोडाको रुपमा लिएकाले समस्या उत्पन्न भएको बताउदै संबिधान निर्माणकर्ताहरुनै कार्यान्वयनको बिपक्षमा रहेकोले कार्यान्वयन हुन नसक्ने बिचार ब्यक्त गरे ।
नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले भारतको ईसारामा सरकारले संबिधानको प्रयोगनै नगरीकिन संसोधन गर्न खोजेको आरोप लगाए ।

संविधानसभाबाट जारी भएको संबिधान बिश्वकै उत्कृष्ठ,समाबेशी र लोकतान्त्रिक रहेको दाबी गर्दै भट्टराईले संबिधान कार्यान्वयनमा बिदेशी शक्तिहरुको सहयोग र सुझाबलाई आबस्यक परे ग्रहण गर्न सकिए पनि त्यसलाई निर्देसनको रुपमा कदापि स्विकार गर्न नसकिने बिचार ब्यक्त गरे ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य केबि गुरु¨ले संबिधान बनाउने दलहरुनै संबिधान कार्यान्वयनको बिपक्षमा रहेकोले संबिधान समग्रतामै बेठिक भएको पुष्टि भएको बताउदै अहिलेको संबिधान संसोधन अथवा पुनर्लेखन नभएर खारेज गर्नुपर्ने बिचार ब्यक्त गरे ।

आदिवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्की रानाको अध्यक्षता तथा सोनु थापाको संचालनमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सदस्य हरीबहादुर आचार्य क्षेत्री, राट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झमबहादुर गुरु¨, नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद रुपन्देहीका कार्यबाहक अध्यक्ष बिमला गुरु¨ लगायतले भनाई राखेका थिए ।