
ललित पाण्डेय/
सैनामैना, २८ मंसिर । रुपन्देहीको सैनामैना बुद्धनगरमा आज देखि श्रीमद् भागवत धनधान्याञ्चल पितृमोक्ष्य राष्ट्र शान्ति प्रेम माहायज्ञ सुरु भएको छ ।
दिउसो विभिन्न विद्यालय, संघ संस्थाको झांकी सहित कलश यात्रा गर्दै बुद्धनगर, दुधराक्ष, कलौनी चोकमा पुगि फेरि माहायज्ञ स्थलमा पुगेको थियो । हिन्दु धर्म माथि भईरहेको अतिक्रमण रोक्नको लागि पनि महायज्ञ आवश्यकता परेको कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । धर्मले मानिसलाई अनुसासनमा राख्ने भएकाले धर्मको सहि अनुसरण गर्नु पर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी बिनोद सिंहले कार्यक्रमको उदघाटन गर्दै महायज्ञबाट भागवत तथा सनातन हिन्दु धर्मको ज्ञानको साथमा सामाजिक काम गर्न लागेको प्रति शुभकामना ब्यक्त गनु भयो । यज्ञ मुल आयोजक समितिका अध्यक्ष ईश्वरी घिमिरको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकका कार्यकारी अधिकृत नेब बहादुर वली , प्रमुख कथा बाचक भुवन घिमिरे जननी जन सेव ट्ष्टका अध्यक्ष बाबुरा ज्ञवाली , धुव्र कुमार घिमिरे लगायतले बोलेका थिए ।
बहुउद्दश्यीय सामुदायिक भवन, शिवालय मन्दिर तथा दुर्गा मन्दिर निर्माणको लागि सञ्चालन गरिएको महायज्ञ पुष ५ गते सम्म सञ्चालन हुने छ । बुद्धनगर बासी र जननी जनसेवा ट्रष्ट कपिलबस्तुको आयोजनामा महायज्ञ सञ्चालन हुने छ । १ करोड ५० लाख दान संकलन हुने आयोजकले लक्ष्य लिएको छ । महायज्ञमा रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा बाट पनि भक्तजन आउने आयोजकले बताएको छ ।