शितलहरबाट कसरी बच्ने ?

1.3K

शितलहरबाट कसरी बच्ने ?

prakashडा.प्रकाश बुढाथोकी/
एक साता देखी पहाड, हिमालमा जाडो ह्वात्तै बढेको छ, र तराईमा बाख्लो हुस्सुका साथै शितलहर छ । अत्यधिक चिसो र शीतलहरले झाडापखाला,निमोनिया, टाउको र छाति दुख्ने, हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेका“ही घाउ हुने, रुघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग,ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने,छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने,चिसोको एलर्जी हुने,अपच,पखाला,आउ“ जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याएकाले अस्पतालमा भिड छ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पारेकाले उनीहरुकै भिड बढी छ । मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्रिाईटीस, झाडा, पखाला ह¬नसक्छ र जण्डिस र टाईफाईड पनि प्रशस्त पाईन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्राय सबै दीर्घकालीन रोगहरु बढी गम्भीर बन्छन ।

ह्दयाघात र मस्तिष्कघात

शहरबजारमा मर्नीङ वाक र गाऊघरमा कामका लागि एकाबिहानै घर बाहिर निस्कदा लुगाफाटामा बिशेष ख्याल राख्नुपर्छ । घाम लागेपछि मात्र मर्निङ वाक गर्नुपर्छ । घट्दो तापक्रम, चिसो हावाले रक्तधमनीको पर्खाल बाक्लो हुने वा रक्तनली खुम्चने तब रक्तसंचार कमी भई रगत र अक्सिजन नपुगी तथा खुम्चेको नसामा रक्तप्रवाह गर्दा पर्ने अतिरिक्त परीश्रमले मुटुमा असर परी ह्दयाघातको संभावना बढाउछ ।

त्यस्तै रक्तप्रवाहको कमिले स्ट्रोक, मांशपेसी र जोर्नीको पीडा, स्वासनली खुम्ची दम,निमोनिया ६० बर्ष बढी उमेरमा हाड खिईने, एलर्जी, टन्सिल,हातखुट्टा सुन्निने, निलो हुने गर्दछ । सामान्य रक्तचाप भएकामा बढ्ने,नियन्त्रणमा रहेकोमा अनियन्त्रित हुने र पहिले देखी नै अनियन्त्रित भएकोमा अचानक बढेर आकस्मिक उपचारमा जाने बढ्ने गर्छन ।

जाडोमा रगतको प्लेटलेट बढी सक्रिय भई रगत जम्नसक्छ, सेतो, रातो र प्लेटलेटको संख्यामा १० प्रतिशत जति बृद्धि हुन्छ र रगतको गाढापनामा २० प्रतिशत बढछ । यसले प्रत्येक ब्यक्तिमा रगत जम्ने संभावना गर्मीको तुलनामा बढी हुन्छ । तथापी युवाहरुमा मुटु र मस्तिष्कको रक्तनली सामान्य भएकाले रगत गाढा भएपनि जम्ने संभावना कम हुन्छ र बृद्धहरुको रक्तनली कोलेस्ट्रोल जमेर सा“घुरो भई बाक्लो रगत प्रवाह हुदा जम्ने संभावना बढ्छ ।

शितागं

जाडोमा शरीर तताउन मद्यपानलाई सजिलो बिकल्प ठानी मातेर राती ढलेकाहरु भोलिपल्ट बिहान नउठन पनि सक्छन । तत्काल न्यानो अनुभुती भएपनि त्यो भ्रम मात्र भएकाले शरीर तातो नभई चिसो हुने भएकाले बिशेष सावधानी अपनाउनुपर्ने हुन्छ । शरीरको तापक्रम ३४ डिग्री सेल्सियस भन्दा तल झरेको अवस्थालाई शितांग भनिन्छ ।

यस्तो बेला हातखुट्टा चिसो हुनुका साथै सास फेर्न असजिलो, मुटुको चाल बढ्ने, रक्तचाप कम हुने र शरीरको तापक्रम कम भएपछि मृत्यृसमेत हुनसक्छ । शरीरको तापक्रम ९० डिग्री फरेनहाईटभन्दा कम भए जीउ काम्न बन्द हुन्छ, सोच्न र बोल्न असजिलो हुन्छ । यस्तै शरीरको तापक्रम ८६ डिग्री फरेनहाईटभन्दा कम भए बिरामी हिडन सक्दैन, शरीरका सबै अंगले काम गर्न छाड्छन ।

तातो बनाऊदा/सि ओ बिषाक्तता

सामान्यत सहीरुपले बल्न नसकेको स्टोभ, हिटिड्ड सिस्टम, जेनेरेटर तथा चुरोट र मट्टीतेल, ग्यासबाट चल्ने हिटर, गिजर तथा स्टोभ आदिको ग्यास तथा धुव“ामा कार्बन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । सी.ओ.को सामान्य सम्पर्कमा आउदा शुरु शुरुमा अलि अलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीव्र टाउको दुखाई, रिगटा, थकान, वाकवाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ ।

निर्णय क्षमता,स्मरण शक्ति र अंगमा तालमेलको कमी, स्नायुतन्त्रमा दीर्घकालिन हानी, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ । ग्यासले कमजोर बनाऊछ, चेतना हराऊछ, प्रभावीत ब्यक्ति कराउन पनि सक्दैन र स्लिपीड्ड टयाब्लेट खाएझै लठ्ठ पर्छन र अन्तत तिनको मृत्यृ हुन्छ । शरीरमा वा रगतमा सी.ओ.को मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाई लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढछ । रगतमा सी.ओ.को मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।

रोकथाम

शारिरीक गतिविधी न्युन, खानपीन बढी, तौल बढ्ने लगायतले रक्तचाप र मधुमेह जस्ता रोगको जोखिम बढ्छ । तसर्थ मुटुरोगी, रक्तचाप नियन्त्रण नभएकाहरु, बुढापाका, मिर्गाेला, मधुमेह, दम लगायतका दिर्घरोगी घाम उदाएका बेला अर्थात बिहान ९ बजेदेखी साझ ४ बजेसम्म एक दुई घण्टा हिड्न जरुरी छ ।

धुवँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलफुल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवा, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नु पर्दछ ।

शरीर तथा कोठा न्यानो बनाउने निहुमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुईठा, दाऊराको आगो बाल्ने गर्नुहुदैन । स¬त्ने समयमा बालेको आगो, हिटर निभाउनुपर्छ । हिटर वा अन्य क¬रा बाल्दा त्यसको नजिकै पानी राख्ने र बच्चाबच्चीको पहुचभन्दा टाढा राख्नुपर्छ । बन्द कोठामा जेनेरेटर,गाडी वा धुवा फाल्ने कुनै पनि यन्त्र चलाउनहुदैन । दाऊरा, ग¬ईठा र ब्रिकेट बाली कोठा तताऊदा,न्यानो पार्दा झयाल ढोका खुला राख्नुपर्दछ । कोठामा हावाको उचित ओहोरदोहोर हुने ब्यवस्था मिलाउनुपर्छ । बाथरुममा ग्यास गिजर उपयोग गर्दा झयाल वा भेन्टिलेसन खुलै राख्नुपर्छ ।

अन्तमा, बढी पानी बिशेषत मन तातो पानी, सुप, झोल पदार्थ पिउने, सकेसम्म परिवार नियोजनका साधन प्रयोग नगर्ने, बिहानै हुस्सु र चिसोबाट बच्ने, घरबाहिर ननिस्कने, मोटरसाईकलमा नहिडने, उच्चरक्तचापको औषधी बिचमै नछोडने, चिसोबाट बच्ने गर्नुपर्छ । नय“ा संक्रमण हुने र पुरानो रोगमा जटिलता थपीने जोखिम चिसो मौसममा बढी हुने भएकाले नियमीत स्वास्थ्य परीक्षण, खानपान, औषधीका बिषयमा चिकित्सकसंग परामर्श लिईरहनुपर्छ ।

(राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान बीर अस्पतालमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रिय सह–कोषाध्यक्ष हुनुहुन्छ ।)