दोहोरीको फाईनलमा एसके र रुपन्देही प्रतिष्ठान ए भिड्ने

1.3K

दोहोरीको फाईनलमा एसके र रुपन्देही प्रतिष्ठान ए भिड्ने

dohori

बुटवल, २९ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको मंगलापुरमा सञ्चालन गरेको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन भएको लोक तथा दोहोरी गीत प्रतियोगितामा एसके म्युजिक बुटवलसंग लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही ए फाईनलमा फाईनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज भएको अन्तिम सेमिफाईनलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले एले गोधुली रोधी घरलाई पराजित गरेको थियो । एस केले भने हिजो भएको प्रतिस्पर्धामा लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जालाई पराजित गरेर फाईनमा प्रवेश गरेको थियो ।

प्रतियोगिता अन्तरगत भोलि बिहीवार तृतीय र सान्त्वनाकालागि गोधुली रोधी घर बुटवल र लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका बिचमा प्रतिस्र्धा हुने सांस्कृतिकका निर्णायक राधेश्याम राजभण्डारीले बताउनु भयो । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता पनि भईरहेको छ ।

सांस्कृतिक कार्यक्रम अन्रतगत न्यू होल्याण्ड डान्सिङ् आईकन र सिद्धार्थ सिमेन्ट सिंगिङ् आईकन टप पाँचौमा पुगेको छ । आज दोहोरी गायक रामजी खाँण, कृष्ण समिप, जामुका राना, प्रीती आले, सीता राना तथा हास्य कलाकार विष्णु जी पाण्डे ‘माईला बा’ को प्रस्तुती रहेको साँंस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्ले बताउनु भयो ।

मेलामा भोलि बिहिबारदेखि अग्नी सिमेन्टको प्रायोजनमा राष्ट्रिय भलिवल प्रतियोगिता हुँदैछ । अग्नी सिमेन्ट कप राष्ट्रिय भलिवल प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रका १६ टिम सहभागि हुने प्रतियोगिताका संयोजक सुदिप कंडेलले बताउनु भयो । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार नगद पुरस्कार सहित मेडल र कप प्रदान गरिने छ ।

त्यस्तै सेमिफाईनलमा प्रतिस्पर्धा गरेका दुई टिम र उत्कृष्ट तीन जना खेलाडीलाई पनि नगद जनही १० हजार रुपैंया सान्त्वना पुरस्कार प्रदान गरिने मेलाका सचिवालय प्रमुख डोलराज गैरेले बताउनु भयो । आर्थिक बिकासका राष्ट्रिय आधार, कृषि पर्यटन र व्यापार भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सव यहि मंसिर २३ गतेदेखि जारी छ । महोत्सव आगामी पुरको ४ गते सम्म चल्ने छ ।