नयां शक्ति ५ नंं. प्रदेशमा दानबहादुर

1.3K

नयां शक्ति ५ नंं. प्रदेशमा दानबहादुर

daan-bdr-chaudhary-300x225

बुटवल, २९ मंसिर  । नयां शक्ति पार्टीको ५ नं. प्रदेश संयोजकमा  दानबहादुर चौधरी कुर्मी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा सम्पन्न पार्टीको ५ नं. प्रदेश वैठकले हालैमात्र फोरम लोकतान्त्रिकको केन्द्रीय उपाध्यक्ष पद त्यागेर नयां शक्तिमा प्रवेश गरेका चौधरीलाई प्रदेश ५ संयोजकको जिम्मेवारी दिएको हो ।

यसअघिका संयोजक डा. सुरेन्द्र चौधरीले घरायसी कार्यव्यस्ताको कारण देखाउंदै संयोजकको जिम्मेवारी दानबहादुरलाई दिन वैठकमा प्रस्ताव गरेका थिए ।  यस्तै वैठकले आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभागको संयोजकमा छन्द पन्थीलाई तथा उत्पादन तथा रोजगार विभागमा संयोजकको जिम्मेवारी बाबुराम पोखरेललाई दिएको छ ।

यस्तै पार्टीको अर्घाखांची संयोजकमा गोकर्ण थापा, नवलपरासी संयोजकमा विरेन्द्र हरिजन तथा बांके संयोजकमा पिनु थापालाई जिम्मेवारी दिएको पार्टीका ५ नंं प्रदेश कार्यालय सचिव कमल खनालले जानकारी दिए । पार्टीको वैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक एवं  पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको सम्पूर्ण शक्ति र ध्यान चुनावमा केन्द्रीत गर्न केन्द्रीय परिषद सदस्यहरुलाई निर्देशन दिएका छन्  ।

२०७४ माघ भित्र निर्वाचन हुन नसके संंविधान कार्यान्वयन हुन नसकी संवैधानिक संकट उत्पन्न हुने भएकाले स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नुपर्नेमा संयोजक भट्टराईले जोड दिए । ‘ निर्वाचन कानुनहरु बनि नसकेको र दलहरुबीच सिमांकन लगायतका विषयमा कुरा मिल्न बाकी हुंदा तीन तहको चुनाव अलग–अलग गर्न गाह्रो पर्र्छ र आर्थिक हिसाबले पनि मुलुकलाई बोझ पर्र्छ त्यसैले ेतीनवटै तहको चुनाव एकैपटक गर्दा सजिलो र कम खर्चिलो हुन्छ’–भट्टराईले भने ।

६ महिनाभित्र पार्टी सदस्य संख्या तीन लाख पु¥याउने लक्ष्यसहित केन्द्रीय समितिले कार्ययोजना बनाएको जानकारी दिंदै उनले घर घरमा नयां शक्ति अभियानलाई तीब्रता दिन पनि निर्देशन दिए ।  मुलुकमा राजनीतिक स्थायीत्व र तीब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने र १० लाख हस्ताक्षर सरकारलाई बुझाउने पार्टीको तयारी रहेको पनि संयोजक भट्टराईले बताए ।

वैठकमा पार्टीकी सहसंयोजक दुर्गा सोब, पार्टीका प्रवास इन्चार्ज नवराज सुवेदी, ५ नंं प्रदेश संयोजक डा. सुरेन्द्र चौधरी, सहसंयोजक कर्णध्वज केसी, हालै मात्र फोरम लोकतान्त्रिकबाट नयां शक्तिमा प्रवेश गरेका पुर्व मन्त्री दानबहादुर चौधरी लगायत प्रदेश नंं. ५ का ११ वटै जिल्लाका संयोजकहरुले भनाई राखेका थिए ।