रुद्रपुर उत्कृष्ट शाखा
बुटवल, २९ मंसिर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष थानेश्वर पौडेलले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

बुधबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को मुनाफावाट चुक्ता पुँजीको २७ प्रतिशत बोनश शेयर वितरण गर्न स्विकृत प्रदान गरेको छ । उक्त अवसरमा बैंकले आर्थिक वर्ष २०७२/७३ मा रुद्रपुर शाखा कार्यालयलाई उत्कृष्ट शाखा कार्यालयको रुपमा सम्मान गरेको छ ।
साधारण सभाले राजेन्द्रप्रसाद श्रेष्ठ, डा. ताराप्रसाद उपाध्याय, भुवन भण्डारी, कृष्णप्रसाद भण्डारी, मेघराज कक्षपती, मोहन चापागाई, गोपालप्रसाद पाण्डे र डिल्लीराज भुसाल सदस्य रहेको सञ्चालक समिती निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै सञ्चालक समितिले राजेन्द्रप्रसाद श्रेष्ठलाई बैंकको अध्यक्षमा चयन गरेको छ ।