संशोधन प्रस्ताव संसदलेनै टुगो लगाउनुपर्छ : चौधरी

1.3K

संशोधन प्रस्ताव संसदलेनै टुगो लगाउनुपर्छ : चौधरी

daan-bdr-chaudhary-300x225

बुटवल, ३० मंसिर । नयांशक्ति पार्टीका पाँच नम्बर प्रदेश संयोजक तथा पुर्ब मन्त्री दान बहादुर चौधरीले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताबको बारेमा संसदलेनै टुगो लगाउनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

संसदमा दर्ता भएको प्रस्ताबको बारेमा सार्बभौम संसदमा छलफल हुन नदिई सडक आन्दोलनको बलमा निर्णय गराउन खोज्नु न्याय संगत नहुने उनले बताए । पाँच नम्बर प्रदेशको सिमाङ्कन हेरफेर गर्ने गरी संसदमा पेस भएको संविधान संशोधन प्रस्ताबको बिरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतका बिपक्षि दलहरुद्धारा यस क्षेत्रमा आह्वान गरिएको तीन दिने आम हड्तालको घोषणा गरिएका बेला पुर्ब मन्त्रि चौधरीको यस्तो भनाई आएको हो ।

रिपोर्टर्स क्लब नेपाल रुपन्देही शाखाद्धाराआज बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले बन्द हड्तालले समस्या समाधान नगर्ने भन्दै बिवादित बिषयमा सरोकारवाला पक्षहरुबिच वार्ता र संवाद गरेर निष्कर्षमा पुग्नुपर्ने कुरामा जोड दिए । उनले भने–अहिलेको आवश्यकता देश विकास र आर्थिक क्रान्तिको हो, जसले देशलाई समृद्धिको बाटोमा आगडी बढाउछ ।’ टेवलवर्कबाट समस्याको समाधान गर्न  राजनीतिक दलका नेताहरुलाई उनल आग्रह गरे ।

बन्द हडताल जस्ता कार्यले देश विकासमा बाध पुग्ने भन्दै उनले जनताको अधिकार स्थापना,देश विकास र आर्थिक समृद्धिको लागि जनता जाग्ने बेला आएको बताएका थिए ।  साक्षात्कार कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय सचिवालय सदस्य बामदेव क्षेत्रीले हालै लुम्बिनीमा सम्पन्न प्रदेश नम्बर ५ को प्रादेशिक बैठकबाट पार्टीले नयाँ धुब्रीकरणको बाटो पहिल्याएको बताएका थिए ।

उनले अव प्रदेश नम्बर ५ का विभिन्न स्थानमा करोड लागतमा उद्योग, कृषि फर्म तथा अन्य व्यवसायीक फर्म स्थापना गर्ने र त्यहा पार्टीका सयौ युवाहरुलाई रोजगार दिने, सरकारले गर्न लागेको तीन तहको निर्वाचनमा सहभागी हुने र त्यसको तयारी गर्ने लगायत पार्टी सदस्यता विस्तारको पनि अभियान जारी राख्नेगरी मुलत ३ भागमा काम  गर्ने निर्णय भएको बताएका थिए ।

उनले भने–‘६ महिना राजनीतिक अभियान, सञ्चालनमा छौ,  आगमी चैत सम्म सबै जिल्लाहरुमा पार्टीको अधिवेसन चयन हुने छ ।’ उनले आन्दोलन र दबाको नयाँ ढंगबाट खोजी रहेको भन्दै  नयाँ शक्ति नेपाल पार्टीले कहिल्यै पनि बन्द हडताल तथा चक्का जाम जस्ता कार्यहरु नगर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपाल पार्टी प्रदेश नम्बर ५ का कार्यालय सचिव कमल  प्रसाद खनालले अहिले प्रदेशमा ३० हजार पार्टी सदस्य रहेको भन्दै अवको केही महिनामा थप ३५ हजार थप गरी करिव ६५ हजार भन्दा बढि पु¥याउने जानकारी दिए । उनले अवको निर्वाचनमा प्रदेश नम्बर ५ मा लिडिङ्ग गर्ने हेतुले  नयाँ शक्ति नेपाल पार्टी अगाडी बढेको जानकारी समेत दिए ।

साक्षात्कर कार्यक्रम रिपोर्टस क्लव नेपाल रुपन्देहीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र पत्रकार कृष्ण खनालको सञ्चालनमा भएको थियो ।