आखिर किन बन्न सकेन हिन्दु राष्ट्र नेपाल ?

755

आखिर किन बन्न सकेन हिन्दु राष्ट्र नेपाल ?

aaaहिम शिखर

करिब सात दशकको संघर्ष पश्चात असोज ३ गते नेपाली जनताले जननिर्वाचित नेपालको नयाँ संविधान पाए । यद्यपि संविधान घोषणा भएपछि तराईका केहि जिल्लाहरु मा संविधान प्रति असन्तुष्टि जनाउदै आन्दोलनमा उत्रिएका छन् । फेरी पनि नेपाली राजनितिले संक्रमण कालको धेरै सिंडिहरु पार गरेको देखिन्छ । असन्तुष्ट दल वा नागरिकहरु लाई संवाद मार्फत संविधानमा संसोधन गरि समाधान होला । आशा गरौ छिटै नै नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली को नेतृत्वले यो समाधान गर्ने छ । यसै विच नेपालको अंतरिम संविधान ले युगौदेखीको सनातनी धार्मिक पहिचान हटाउदै धर्मनिरपेक्ष राष्ट्र बनाएको थियो । त्यसपश्चात नेपालका हिन्दुधर्मालम्बीहरु, हिन्दुसंघ सस्थाहरु र राप्रपा नेपाल लगायत ले चर्को विरोध जनाउदै बारम्बार संघर्ष मा उत्रिदै आएका थिए । नेपाल लाई हिन्दुराष्ट्र कायम राख्नुपर्छ नत्र हाम्रो राष्ट्रिय पहिचान र धार्मिक अस्तित्व नै समाप्त हुन सक्छ भन्दै पटक पटक खबरदारी गर्दै आएका थिए यो मागलाई स्वदेश मात्र नभई संसार का विभिन्न मुलुकमा बस्दै आएका हिन्दुहरुले पनि समर्थन जनाउदै आएका थिए । तर दुर्भाग्य राप्रपा नेपालको संविधानमा हस्ताक्षर सहित अतः नेपाल हिन्दुराष्ट्र रहेन । किन बन्न सकेन हिन्दु राष्ट्र नेपाल ? अहिले कसैले बहसको विषय बनाउन उचित ठानेन्न वा बनाएको देखिएन । यो पंतिकार पनि हिन्दुपृष्ठभुमिमा जन्मेको , हिन्दुसंस्कार र हिन्दुपरिवेषमा हुर्केको हिन्दु रितिरिवाज मान्दै आएको हुदा र धर्मसँगै नेपाली जनताका विविध खाले समस्या जोडिएकाले केहि समसामायीक प्रश्न उब्जिएको हुदा यस आलेखमा हिन्दुधर्म बारे पुर्णरुपमा ब्याख्या गर्न नसक्दा नसक्दैपनि स्वाभाविक मोटामोटी समस्या र समाधान कोर्ने प्रयास गर्दै छु । यस आलेख को उदेश्य कुनैधर्म,मत वा समुदायको आस्थामा चोट पु¥याउन नचाहेको स्पष्ट पार्न चाहन्छु । म कति अभागी अथबा अवसर बाट बन्चित भएँ कि हिन्दु हुदाहुदै पनि हिन्दुधर्मका महत्वपुर्ण ग्रन्थहरु पढ्नबाट चुँके म जस्तै थुप्रै छन् जसले यी अवसर बाट बन्चित हुदैआएका छन् । तैपनि पछिल्लो क्रममा विभिन्न स्रोतहरु बाट ईतिहास खोतल्दै जादा मैले हिन्दुधर्म अत्यन्तै सनातन अथवा प्राचिन र विज्ञानसम्बद्ध धर्मकोरुपमा पाएँ । हिन्दुधर्मका कुनै संस्थापक र निश्चित स्थापना मिति नभेटिए पनि विश्वका प्रचलित धर्महरु बौद्धधर्म,नयाँयुग, क्रिश्चियन धर्म, मुस्लिम धर्म,जैनधर्म, सिख धर्म लगायतका अन्यधर्महरु र ति धर्मका अनुवायी तथा संस्थापकहरु हिन्दुधर्म भन्दा धेरै पछि भिन्न मत, विचार र आस्थाको रुपमा उदाएको देखिन्छ । यसबाट के पुष्टीहुन्छ भने हिन्दुधर्म यी उपरोक्त धर्महरु भन्दा धेरै प्राचिन भएको मा कुनै द्धविदा छैन । तर यति प्राचिन धर्म , यति विज्ञान सम्बद्ध धर्म किन विश्वका थुप्रै धर्महरु भन्दा धेरै तिव्रगति मा साँगुरिदै गयो, किन विश्वब्यापि बन्न सकेन ? किन हिन्दु धर्म एक संस्कारको रुपमा विकाशहुन सकेन ? किन हिन्दुधर्म र संस्कार ब्यापकरुपमा विस्तारहुन सकेन ? किन हिन्दुधर्म प्रचारकहरुले धर्मलाई केबल कमाई खाने पेसा बनाए ? किन हिन्दुधर्मको अपब्याख्या गरियो ? किन हिन्दुजस्तो पवित्रधर्मलाई राजनितिकरण गरियो ?किन हिन्दुधर्म बारे गलत धारणा र भ्रम प्रस्तुत भयो ?किन र कसरी हिन्दु धर्मले हिन्दुसमाज लाई टुक्रा टुक्रा मा विभाजित राख्दै आयो ?किन नेपालका ८२प्रतिशत हिन्दुहरु (ओमकार परिवार सहित) लाई एकताबद्ध गर्न सकिएन ?किन ९० प्रतिशत हिन्दुसभासदले धर्म निरपेंक्ष प्रस्तावमा हस्ताक्षर गरे त ? अर्को कारण- भारत व्रिटिस उपनिवेशकाल देखी नै भारत र नेपालमा क्रिश्चियन धर्मलम्बीहरु र तिनका अगुवाईहरु ले विस्तारै विस्तारै धर्म प्रचार गर्दै आएका छन् । गरिब , निमुखा, पिछडिएका जात र समँुहलाई हिन्दुधर्मका नकारात्मक पाटाहरुको सहरा लिदै पैसाको प्रलोभनमा फसाउदै जबरजस्ती धर्म लाद्दै आएका थिए र छन् पनि । तरपनि नेपालका हिन्दुधर्मका अगुवाहरु र विभिन्न टुक्रामा विभाजित रहेका संघसस्थाहरु मुकदर्शक बनेर हेरिरहे । ति कथित धर्मगुरुहरु र सचेतक हरु केबल आफ्नो स्वार्थ सिद्ध गर्न मै ब्यस्तरहे । उता पश्चिमेलीहरु धर्मको साथसाथै आफ्नो भाषा, सस्कृति पनि निर्बाधरुप मा फैलाउदै गए । जस्को परिणाम घाम जस्तै छर्लङ छ । उनिहरु प्रत्येक नेपालीको हातमा वाइबल पु¥याउन सफल भए भने यता हिन्दुहरुको अवस्था यस्तो छ कि ८४ प्रतिशत हिन्दुभएको नेपालका नेपालीहरु लाई हिन्दुधर्म के हो ? हिन्दुधर्म ग्रंथ के के हुन? रामायण , महाभारत, गिता , वेद, उपनिशद लगायतका धर्मग्रंथ मा के लेखिएको छ ? ती कहाँ भेटिन्छन् ?देख्न , पढ्न र बुझ्न सकेका छैनन् ।धर्म र धर्म गं्रथलाई मुठीभर टाठाबाठाको ब्याक्तिगत पेवा बनाएर थन्काईएको छ जस्का कारण हिन्दुधर्मका विशेषताहरु सधै ओझेलमा पर्दै आएका छन् । हिन्दुहरुलाई थाहा छ त केवल अन्धविश्वास, कुरिति र कुसंस्कार का आधारमा मनाइने केहि चाडपर्वहरु जसमध्ये केहि यस्ता छन् , वैशाख पुर्णिमा आउछ कुनै रुखको फेदमा ढुंगाको थान बनाएर कुखुराको बलिदिने अनि त्यसलाई खाने गर्छन् । नारीहरुको हरितालिका तिजआउछ वेथितिले भरिपुर्ण डांसबारमा जस्तै भडकिलो पारा ले नाच्ने गाउने गर्छन् अनि पश्चिमेली संस्कृतिलाई पछ्याउदै आएको देखिन्छ । बडादशै अथवा विजयदशमी आउछ राँगा पाडा र पाठा परेवा को बलिदिन्छन् त्यो पनि सिद्धियो । तिहार अथवा दिपावली आउछ , त्यसमा पनि पश्चिमेली संस्कृति ले बलात्कार ग¥यो भन्दा हुन्छ , बस् हिन्दुधर्म र संस्कार यस्तो बनेको छ । मृत्युसंस्कार र जन्मसंस्कार मा पनि थुप्रै कमी कमजोरी भेटिन्छ । हिन्दुहरुलाइ थाहा छ त केवल मनुद्धारा प्रतिपादित चार वर्ण र छत्तिस जात त्यो कथित जातमा टिकाधारी र तागाधारी ठुलो जात बाँकि सवै सानो जात र सानो मान्छे । ठुलो ले सानो लाई हेप्नुपर्छ दवाउनु पर्छ , सानो जात ले छोएको खानहुन्न , घरभित्र पस्न दिनुहुन्न, धेरै पढ्न लेख्न दिनुहुन्न मन्दिरहरुमा प्रबेश दिनुहुन्न आदि आदि । केही त्रुटिहरु यस्ताछन् :- हिन्दु परंपरामा वंशजलाई अथवा गोत्रलाई विशेष महत्व दिदै आएको छ। त्यसैकै आधारमा व्रतवन्धन र विवाह गर्ने चलन छ । त्यसैको आधारमा जात वा थरको किटानी गरिन्छ र सो बापत नागरिकता मा नामको पछाडि थर जोड्ने चलन छ । यदि गोत्र भनेको उसको पुर्वजको थर हो भनेदेखी किन उसका पिंडिहरुले वंशजको थरको आधारमा आफ्नो थरलेख्न नपाउने ?किन यस्तो अन्याय हुदै आएको छ ?जवकी बाहुन अथवा व्रंहाणहरु का थरमध्ये धेरैजसो ले शर्मा, उपाध्यय, भारद्धाज, राजपुत लेख्छन् भने दलितहरु ले पनि आफ्नो गोत्रको आधारमा थर लेख्न पाउने कि नपाउने ? अझै केहि विभेदकारी ब्यावहार वा क्रियाकलाप प्रशासनिक कार्यलयबाट पनि हुदै आएको देखिन्छ । कुनै ब्यक्तिको थरको सट्टा जात लेख्ने चलन छ जस्तो कि नामको पछाडि फलानो बहादुर कामी , फलानो सार्की, दमाई, चमार, हरिजन आदि , जात र थरमा त कमसेकम अन्याय नहोस् यो पनि त जातिय उत्थानको लागी अन्याय हैन त ? तसर्थ ३५,४० लाख कथित दलितहरु ले कसरी हिन्दुधर्मको समर्थन गर्लान ?यसकुरालाई किन प्रमुख मुद्दा बनाइएन ? जातिय विभेद त कारण हो नै त्यस्को साथै हाम्रो जस्तो गरिब मुलुकमा त वर्गीय विभेत पनि अर्को कारण छ । केही दिन अगाडि पत्रकार तथा समाजसेवी गोविन्द पोख्रेल ले धर्मको सम्बन्धमा एउटा आलेख मा लेखे जस्तै वर्गीय उत्थान नभई जातिय उत्थान सम्भव छैन त्यसैगरी जातीय मुक्तिविना धर्मको संरक्षण सम्भव हुदैन । मानिस को जात उसको अनुहार बाट हैन उसको नामको पछाडि जोडिने थर बाट थाहा लाग्छ र त ठाँउ ठाँउमा जात हेरेर विभेद तथा अमानविय ब्यावहार गरिन्छ । मानव जाति संसारमा एउटै हुन भन्ने सन्देश दिन नसकेर यस्तो भएको हो । मानिसको सोच र ब्यावहार लाई पिंडिदर पिडि मा परिवर्तन ल्याउन नसकेर हो । त्यसकारण उपरोक्त उल्लेखित संपुण प्रश्नको बुँदागत समाधान खोज्दै वर्ण र जात व्यावस्थाको अन्त्य गर्दै वर्गिय विभेद, जातीय विभेद, लैगिंक विभेदको अन्त्य गर्दै कुरिति र कुसंस्कार लाई उन्मुलन गर्दै धर्मको आधुनिकरण गर्दै, धार्मिक एकतालाई मजबुत बनाउदै , राष्ट्रिय एकता कायम राख्दै , स्वाभिमान को रक्षा गर्दै अगाडि बढ्दै गएमा हाम्रो देश नेपाल लाई सनातन हिन्दुराष्ट्र बनाउन कुनै अवसर कुनुपर्दैन । समस्याको समाधान तव सम्भव होला कि ? (लेखक नेपाल आवाज साप्ताहिक का रिर्पोटर तथा नेपाल पत्रकार महासंघ भारत शाखा का सदस्य हुन् ।)