
प्रदर्शनीमा भलिवल प्रतियोगिता सुरु
बुटवल, ३० मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको मंगलापुरमा सञ्चालन गरेको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा आज देखि भलिवल प्रतियोगिता सुरु भएको छ ।
अग्नी सिमेन्टको प्रायोजनमा सुरु भएको भलिवल प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रका १२ जिल्लाबाट १२ टिम सहभागि भएको खेलकुँद व्यबस्थापन समितिका संयोजक सुदिप कंडेलले बताउनु भयो । प्रतियोगिताको उद्घाटन खेलमा आज स्याङ्जा र मुस्ताङ्को टोली बिच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको उक्त प्रतिस्पर्धाबा स्याङ्जाको टिम अँघिल्लो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार नवलपरासी र कपिलबस्तु, रुपन्देही र पाल्पा, कास्की र तनहुँ पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् भने गुल्मी र स्याङ्जा बिच दोस्रो चरणको प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार नगद पुरस्कार सहित मेडल र कप प्रदान गरिने छ ।
त्यस्तै सेमिफाईनलमा प्रतिस्पर्धा गरेका दुई टिम र उत्कृष्ट तीन जना खेलाडीलाई पनि जनही १० हजार रुपैंया नगद सान्त्वना पुरस्कार प्रदान गरिने छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा तृतीय भएको छ भने प्रतियोगितामा गोधुली रोधी घर बुटवल सान्त्वना भएको छ ।
बिहिबारको प्रतिस्पर्धामा स्याङ्जाले गोधुलीलाई पछाडी पार्दै तेस्रो स्थान ओगटेको हो । जसका कारण गोधुली सान्त्वनामा चित्त बुझाउनु पर्यो । फाईनल प्रतिस्पर्धामा आईतबार एसके म्युजिक बुटवल र लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही ए भिड्नेछन् । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता पनि भईरहेका छ ।
बिहीबार हास्य कलाकार जितु नेपाल मुन्द्रे तथा गायककार कमल खत्री, तृष्ण गुरुङ्, रीतु थापा, सपना गाहाको प्रस्तुती रहेको साँंस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्ले बताउनु भयो । आर्थिक बिकासका राष्ट्रिय आधार, कृषि पर्यटन र व्यापार भन्ने नाराका साथ सञ्चालन गरिएको महोत्सव यहि मंसिर २३ गतेदेखि जारी छ । महोत्सव आगामी पुसको ४ गते सम्म चल्ने छ ।