बन्द हड्तालका कार्यक्रम नगरिदिन आग्रह

1.3K

बन्द हड्तालका कार्यक्रम नगरिदिन आग्रह

sarmila-gurung

लोकनृत्य प्रतियोगितामा एपेक्स प्रथम
बुटवल, १ पुस । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको मंगलापुरमा सञ्चालन गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव आयोजना गरिएको बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा एपेक्स स्कुल प्रथम भएको छ । त्यस्तै उक्त प्रतियोगितामा स्मृति बोर्डिङ् द्वितीय, प्यारामाउण्ट बोर्डिङ् तृतीय तथा पामिर एकेडेमी र किड्स हेभेन सान्त्वना भएका छन् ।

कुल १९ बिद्यालय सहभागी भएकामा उनीहरुलाई पछाडी पार्दै यी बिद्यालय प्रतिस्पर्धामा अँगाडी आएको उक्त कार्यक्रमका संयोजक चन्द्र अधिकारीले बताउनु भयो । त्यस्तै आज नै भएको भलिवल प्रतियोगितामा कपिलबस्तुलाई पराजित गर्दै नवलपरासी, गुल्मीलाई पछाडी पार्दै स्याङ्जा, रुपन्देहीलाई पछाडी पार्दै पाल्पा र तनहुँलाई पछाडी पार्दै कार्की अँघिल्लो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तरगत सिद्धार्थ सिमेन्ट सिंगिङ् आईकन र न्यू होल्याण्ड डान्स आईकन भोलि फाईनल प्रतिस्पर्धा हुने छ । त्यस्तै लोक तथा दोहोरी प्रतियोगिताको फाईनल प्रतिस्पर्धा आईतबार हुने सचिवालय प्रमुख डोलराज गैरेले बताउनु भयो ।

आज हास्य कलाकार पल्पसा डङ्गोल (चम्सुरी), सुरविर पण्डित (दारी बुढो), गायक अर्जुन कौशल, गायिका शर्मिला गुरुङ, अनुराधा घर्ती, रुपा जिएम लगायतका कलाकारले प्रस्तुती राखेका थिए ।

गत मंसिर २३ गतेदेखि सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै तीन लाख दर्शकले अवलोकन गरेको र अपेक्षा अनुसारको आर्थिक कारोवार पनि भएको संघका अध्यक्ष एवं मेला व्यबस्थापन मुल समितिका संयोजक गुणानिधी भण्डारीले बताउनु भयो ।

यहि पुसको ४ गते सम्म चल्ने मेलामा संयुक्त संघर्ष समितिले आह्वान गरेको आम हड्तालका बावजुध पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको आयोजकले बताएका छन् । मेला सञ्चालन पूर्व दलका नेताहरुले मेलामा बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएकाले यो अवधिमा बन्द हड्तालका कार्यक्रम नगरिदिन संघले आग्रह गरेको छ ।

संघका महासचिव तथा महोत्सवका सूचना प्रबिधी संयोजक माधवलाल देवकोटाले मेला आफैमा तिलोत्तमा नगरपालिकाको गौरव पनि भएकाले यसलाई सफल बनाउने दायित्व सबैको भएको उल्लेख गर्दै बन्द हड्तालका कार्यक्रम नगरिदिन आयोजकलाई आग्रह गर्नुभयो ।