अत्यावश्यक साधन निर्वाध गुड्न पाएनन्

423

अत्यावश्यक साधन निर्वाध गुड्न पाएनन्

hadtal-5

खेमानन्द पाठक/
बुटवल, २ पुस । आमहड्तालको दोस्रो दिन यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । संयुक्त संघर्ष समितिले आह्वान गरेको तीन दिने वन्दको क्रममा अत्यावश्यक साधनलाई निर्वाध गुड्न दिने भनेपनि अनेक वाहनामा अवरोधको प्रयास हुदै आएको छ । हिजो देखि सुरु भएको आन्दोलनमा एम्बुलेन्सको हावा खुस्काउने, रिक्सा र साईकलमा हिडेका व्यक्तिलाई पनि अवरोध सिर्जना गर्ने गरेका छन् ।

hadtal

आज विहान दुध बोकेर आएको लु २९ प ६६५४ नम्बरको मोटरसाइकल चौराहाबाट फिर्ता पठाइदिएका थिए । आज ११ बजे डिडिसीको ग १ ध ५४४ नम्बरको दुध बोक्ने गाडीलाई चौराहाबाट फर्काइदिएका थिए । फलफूल राखेको ठेला समेत फ्याकिदिएका थिए । हिजो सांझ बुटवलको राजमार्ग चौराहामा मादक पदार्थ सेवन गरेर बसेका व्यक्तिहरुले अत्यावश्यक साधनलाई अवरोध सिर्जना गरेका थिए । दिउसो आन्दोलनकारी केही सयमित देखिएपनि साझ पर्दै जादा हो हल्ला गरेका थिए ।

hadtal-3

यो रातीमा प्रेसको के काम हुन्छ, हामीलाई प्रेस चाहिदैन भन्दै अनाश्यक प्रश्न गदै राजमार्ग चौराहामा अवरोध सिर्जना भएको थियो । अनेरास्ववियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले रातको समयमा स्वस्फुर्त हामीलाई पनि प्रदेशको माया भएर आएको भन्ने व्यक्तिबाट केही असहज अवस्था भएको स्वीकार्नुभयो । हिजो नेपाल चिकित्सक संघ लुम्बिनी अंचल शाखाले विज्ञ्प्ती जारी गरी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अस्पताल, स्वास्थ्य संस्थामा सम्म पुग्ने वातावरण मिलाई दिन आग्रह गरेको थियो ।

hadtal-2

आमहड्तालको दोस्रो दिन आज बुटवलमा विहान निकालिएको ¥याली पुष्पलालपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त सभालाई एमालेका केन्द्रीय, जिल्ला, विभिन्न वर्गिय संघ संगठनमा रहेका नेताले संबोधन गरेका थिए ।

hadtal-1

एमाले नेता कुमार थापा, अनेरास्ववियुका विद्यार्थी नेता बावुराम पन्थी, नागरिक समाजका अगुवा गणेश उचै लगायतले संबोधन गरेका थिए ।
एमाले नेता थापाले प्रदेश नं. ५ मा रहेको आन्दोलनलाई उचाईमा पु¥याउन सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै विद्यार्थी नेता पन्थीले प्रदेश नं. ५  टुक्राउने काम राष्ट्र विरोधी भएकोले संशोधन प्रस्ताव फिर्ता नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नागरिक अगुवा उचैले आन्दोलनकारीलाई सयमित भएर प्रस्तुत हुन आग्रह गर्नु भएको थियो । सरकारले मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरे संगै यस क्षेत्र अशान्त छ । अन्य जिल्लामा मंसिर १५ गते देखि वन्द भएर केही समय पछि खुलेर पुनः पुस १ गते बाट ७२ घण्टे हड्ताल सुरु भएको छ ।

गुल्मीमा भने मंसिर १५ गते देखि निरन्तर वन्द हुदै आएको छ ।