मणिग्राममा कोणसभा

228

मणिग्राममा कोणसभा

बुटवल, २ पुस । प्रदेश नम्बर पाँचको विभाजन विरूद्ध ७२ घण्टे धर्ना तथा संघर्षको कार्यक्रम अन्तर्गत रूपन्देहीको तिलोत्तमा–६, मणिग्राममा आज कोणसभा सम्पन्न भएको छ ।

नेकपा एमाले तिलोत्तमा–६ का शाखा अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा वक्ताहरूले प्रदेश नम्बर–५ लाई विभाजन गरिने प्रस्तावले आफूहरूको मन कुँडिएको भन्दै फिर्ता लिन सरकारसँग प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

नेकपा एमाले इलाका नम्बर १ का सचिव झविन्द्र भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका जिल्ला सदस्य बासुदेव घिमिरे, दिनेश फुल्लेल, पूर्व प्रशासक एवम् बुद्धिजीवी टीकाराम घिमिरे, यातायात मजदूर संगठन लुम्बिनीका अध्यक्ष कृष्ण कण्डेल, समाजसेवी चिन्तामणि न्यौपाने, तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेल, नेकपा एमालेका जिल्ला कमिटिका पूर्व सदस्य युवराज न्यौपाने, क्षेत्रीय अध्यक्ष केशवराज न्यौपाने, इलाका ३ का अध्यक्ष यमलाल भण्डारी लगायतले बोल्नुभएको थियो ।