एम्बुलेन्स चालकले सुरक्षा मागे

733

एम्बुलेन्स चालकले सुरक्षा मागे

ambulance-3

खेमानन्द पाठक/
बुटवल, ३ पुस ।  सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईसंग छुट्याउने गरी ससदमा दर्ता गरेको संशोधन विधेयक बिरुद्ध संयुक्त संघर्ष समिति रुपन्देहीले आह्वान गरेको आम हड्तालका क्रममा एम्बुलेन्समा तोडफोड भएपछि एम्बुलेन्स चालकहरुले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् ।

संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनी अञ्चल शाखाले एम्बुलेन्स सञ्चालनकालागि सुरक्षित वातावरण बनाईदिन माग गर्दै आज दिउँसो १२ देखि १ बजेसम्म बुटवलको लुम्बिनी अञ्चल अस्पताल अँगाडी एम्बुलेन्स सहित प्रदर्शन गरेको हो ।

बिरामी लिन जाने र पु¥याउने क्रममा बन्दकर्ताले एम्बुलेन्स चालक माथि अभद्र व्यबहार गर्ने, हातपात गर्ने तथा एम्बुलेन्स नै तोडफोड गर्ने काम भएपछि एम्बुलेन्स सञ्चालन गर्न समस्या भएको संयुक्त एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष यदुनाथ भण्डारीले बताउनु भयो ।

संयुक्त संघर्ष समिति रुपन्देहीले आह्वान गरेको आम हड्तालका क्रममा शुक्रबार बुटवलको चाँदबारी चोक र शनिबार बुटवलकै राजमार्ग चौराहामा बन्द कर्ताले एम्बुलेन्स चालक माथि अभद्र व्यबहार गर्दै तोडफोड गरेका थिए । आफूहरुको प्रदर्शन कसैका बिरुद्ध नभएको र बन्दका क्रममा परिस्थिती यस्तै रहे आफ्नो ज्यानको बाजी राखेर एम्बुलेन्स चलाउन नसकिने संयुक्त एम्बुलेन्स चालक संघ नेपालका महासचिव मुक्ति काफ्लेले बताउनु भयो ।

एमाले नेता तथा पूर्व सांसद नेत्र पन्थीले एम्बुलेन्स माथि आक्रमण तथा तोडफोड गर्ने काम राम्रो नभएको बताउँदै तोडफोडमा संलग्न हुने आफ्नै कार्यकर्ता भएपनि कारवाही हुनुपर्ने बताउनु भयो ।

ambulance-1

ambulance-2

ambulance-4

ambulance-5

ambulance