
बुटवल, ३ पुस । रुपन्देहीमा आह्वान गरिएको तीन दिने आम हड्ताल आज राती १२ बजे देखि फिर्ता हुने भएको छ । संयुक्त संघर्ष समितिले विज्ञ्प्ती प्रकाशन गरी आन्दोलनका कार्यक्रम परिमार्जन गरेको छ ।
अनेरास्ववियु रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार राती १२ बजे पछि रुपन्देही वन्द फिर्ता भएको जानकारी दिनुभयो । विज्ञ्प्ती प्रकाशन गरी पुस ५ गते देखि १० गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
विज्ञ्प्तीमा पुस ५ गते युवा विद्यार्थीहरुको सिट्टी जुलुश प्रदर्शन गर्ने । (समय बिहान ठिक ९ बजे, स्थान बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ६ गते बुद्धिजिवी, उद्योगी, व्यावसायीहरुको प्रदर्शन गर्ने । (समय बिहान ठिक ९ बजे, स्थान बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ७ गते महिलाहरुको जुलुश प्रदर्शन गर्ने । (समय बिहान ठिक ११ बजे, स्थान बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी), पुस ८ गते यस जिल्लाका सबै नगरपालिका र गाविसमा पुग्ने गरी वृहत मोटरसाइकल तथा साइकल ¥याली गर्ने । (यसको लागि सम्बन्धित गाविस र नगरपालिकाले समय र रुट सहितको रुपरेखा बनाउने), पुस ९ गते दिनको १ देखी २ बजेसम्म राजमार्ग तथा सहायक मार्गहरुमा साना ठूला सवारी साधन प्रर्दशन गर्ने । (स्थान ः बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, सैनामैना र सालझण्डी) र पुस १० गते रुपन्देही जिल्लाका राजमार्ग तथा सहायक मार्गमा पायक पर्ने स्थानहरुमा राष्ट्रिय झण्डा सहित उपस्थित हुने र ५ नम्बर प्रदेश विभाजन हुन नदिन सपथग्रहण गर्ने । विशेष गरेर बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, शंकरनगर, सैनामैना र सालझण्डीमा अनिवार्य रुपमा कार्यक्रम गर्ने) रहेका छन् ।
विज्ञ्प्तीमा आन्दोलनका माग सम्बोधन हुन नसकेमा त्यसपछि थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

प्रेस विज्ञप्ती
नेपाल सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन सम्बन्धि राष्ट्रघाती विद्येयक दर्ता गरेपछि देशव्यापी विरोध जारी छ । यस प्रदेश नं.–५ मा सडक मै उत्रेर जनताले आक्रोस पोखे । आन्दोलनका हरेक कार्यक्रमहरुमा जनताको व्यापक समर्थन र सहभागिता रहन गयो ।
रुपन्देही जिल्लामा आन्दोलनका सबै कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भए । जनसमुदायको अपार समर्थन आन्दोलनमा प्राप्त भयो । जनप्रदर्शन र सभाहरु सम्पूर्ण क्षेत्रमा व्यापक जनसहभागिता सहित सम्पन्न भए ।
तीन दिने आम हडतालमा रुपन्देही जिल्ला ठप्प भयो । जनताको अपार समर्थनमा हडताल सफल भयो । उत्साहका साथ जनताको सहयोग र सहभागितामा भइरहेको यो आन्दोलन ऐतिहासिक महत्वको छ । आम हडताल सहित सम्पूर्ण कार्यक्रमहरुमा सहयोग पु¥याउनुहुने उद्योगी, व्यावसायी, बुद्धिजिवी, वकिल, पत्रकार, मजदुर, किसान, शिक्षक, विद्यार्थी लगायत आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । र, आन्दोलनको सफलताको निम्ति निरन्तर सहयोग र सहभागिताको लागि अपिल गर्दछौं ।
यस प्रदेशको सिमा विभाजन गर्दै तराई र पहाड छुट्टाउने षडयन्त्रपूर्ण विद्येयक फिर्ता नभएसम्म आन्दोलन रोकिने छैन । ब्यापक जनताको समर्थनलाई साथमा लिएर संघर्षका नयाँ नयाँ कार्यक्रम सहित हामी अगाडि बढ्छौं । यतिवेला आन्दोलनमा जनसागर उर्लिएपछि जनघाति सरकार तिलमिलाएको छ । सरकारलाई राष्ट्रघाति कदमबाट पछाडि फर्काउन अझै जनताको एकतावद्ध पहलकदमी आवश्यक छ । त्यसैले आउनुहोस ः यस आन्दोलनलाई थप व्याकता दिऔं ! आन्दोलनमा सक्रिय सहभागितामा जोड दिऔं ।
आगामी दिनमा हुने यी संघर्षका कार्यक्रमहरुलाई सफलताका साथ सम्पन्न गरौं ।
संघर्षका कार्यक्रमहरु ः
पौष ५ गते ः युवा विद्यार्थीहरुको सिट्टी जुलुश प्रदर्शन गर्ने । (समय ः बिहान ठिक ९ बजे, स्थान ः बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी)
पौष ६ गते ः बुद्धिजिवी, उद्योगी, व्यावसायीहरुको प्रदर्शन गर्ने । (समय ः बिहान ठिक ९ बजे, स्थान ः बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी)
पौष ७ गते ः महिलाहरुको जुलुश प्रदर्शन गर्ने । (समय ः बिहान ठिक ११ बजे, स्थान ः बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, सैनामैना र सालझण्डी)
पौष ८ गते ः यस जिल्लाका सबै नगरपालिका र गाविसमा पुग्ने गरी वृहत मोटरसाइकल तथा साइकल ¥याली गर्ने । (यसको लागि सम्बन्धित गाविस र नगरपालिकाले समय र रुट सहितको रुपरेखा बनाउने)
पौष ९ गते ः दिनको १ देखी २ बजेसम्म राजमार्ग तथा सहायक मार्गहरुमा साना ठूला सवारी साधन प्रर्दशन गर्ने । (स्थान ः बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, सैनामैना र सालझण्डी)
पौष १० गते ः रुपन्देही जिल्लाका राजमार्ग तथा सहायक मार्गमा पायक पर्ने स्थानहरुमा राष्ट्रिय झण्डा सहित उपस्थित हुने र ५ नम्बर प्रदेश विभाजन हुन नदिन सपथग्रहण गर्ने । विशेष गरेर बुटवल, खैरेनी, मणिग्राम, भैरहवा, रुद्रपुर, शंकरनगर, सैनामैना र सालझण्डीमा अनिवार्य रुपमा कार्यक्रम गर्ने)
यी आन्दोलनका कार्यक्रम सम्पन्न भइसक्दा समेत आन्दोलनका माग सम्बोधन हुन नसकेमा त्यसपछि थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी गराउँदछौं ।
……………… ………………. …………………..
शिव सुवेदी गणेश गौतम टिकानिधि गौतम
नेकपा (एमाले) राष्ट्रिय जनमोर्चा नेकपा (माले)
…………….. ………………. ………………..
दामोदर भट्टराई चित्रबहादुर थापा कमल पोखरेल
नेकपा (माक्र्सवादी) जनमोर्चा नेपाल अखण्ड नेपाल