
बुटवल, ३ पुस । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलको भोली सोमबार १७ औं साधारण सभा तथा दशौं अधिवेशन हुँदैछ । अधिवेशनबाट नेतृत्व लिनकालागि दुई प्यानल मैदानमा उत्रिएका छन् । तीन वर्षे कार्यकालको नेतृत्व लिनकालागि मौजुदा समितिका महासचिव टिकाराम गौतम र पूर्व अध्यक्ष गणेशप्रसाद पन्तले छुट्टा छुट्टै प्यानल बनाएर प्रचार प्रसारमा जुटेका छन् ।
गौतमको प्यानलमा मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष पुनः सोही पदमा हुनुहुन्छ । त्यस्तै लोकल सेक्टर उपाध्यक्षमा खगराज गौतम, गुल्मी सेक्टर उपाध्यक्षमा टिका केसी (लाहुरे), अर्घाखाँची सेक्टर उपाध्यक्षमा गोपालप्रसाद न्यौपाने, रुपन्देही सेक्टर उपाध्यक्षमा अर्जुन भुसाल र नवलपरासी सेक्टर उपाध्यक्षमा खिमबहादुर थापा (नारायण) हुनुहुन्छ ।
गौतमको प्यानलमा महासचिव पदमा हरिप्रसाद कँडेल, सचिवमा प्रकाश जिसी, कोषाध्यक्षमा सिद्धार्थ उदय र कार्यसमिति सदस्यहरुमा हरिप्रसाद रिमाल, बसन्त खड्का, परसुराम भण्डारी (रामु), रमेश फौजदार, गणेश घिमिरे, कृष्ण ठकुरी, देवेन्द्र बानिया र निरज केसी चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस्तै पन्थको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रतापबहादुर कार्की, लोकल सेक्टर उपाध्यक्षमा सरोज शर्मा कुईकेल, रुपन्देही सेक्टर उपाध्यक्षमा भोला खाँण, नवलपरासी सेक्टर उपाध्यक्षमा खुमबहादुर बिसी (गोबिन्द), गुल्मी सेक्टर उपाध्यक्षमा चेतबहादुर थापा (अमर), अर्घाखाँची सेक्टर उपाध्यक्षमा लक्ष्मण गैरे (नेताजी) हुनुहुन्छ ।
त्यस्तै उक्त प्यानलबाट महासचिव पदमा कमल घिमिरे, सचिवमा गुप्तबहादुर केसी (राजु), कोषाध्यक्षमा जितबहादुर भाट (जितु) तथा कार्यसमिति सदस्यहरुमा नारायण भण्डारी, गोपाल बस्याल, रबि कार्की, खगेश्वर काफ्ले, रमेश खनाल, पिताम्बर गैरे (रमेश), उमेश ठकुरी र कृष्ण केसी प्रतिस्पर्धामा हुनुहुन्छ ।
साधारण सभामा भोली सोमबार उद्घाटन तथा बन्द सत्रका कार्यक्रम तथा उमेद्वारी दर्ताको काम हुने र निर्वाचन मंगलबार मात्रै हुने निर्वाचन आयुक्त महेन्द्र पाण्डेले बताउनु भयो । साधारण सभा तथा अधिवेशन उद्घाटन नेपाल ट्रक यातायात व्यबसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाटले गर्नुहुने छ ।
साधारण सभा तथा अधिवेशनकालागि सम्पूर्ण तयारीका कामहरु पुरा भएको र साधारण सभामा ट्रक व्यबसायीका समसामयिक समस्या तथा समाधानका उपायहरुका बारेमा छलफल हुने समितिका अध्यक्ष लोकराज पोखरेलले बताउनु भयो ।