सोमवार ११ बजे संघर्ष समितिले पत्रकार सम्मेलन गर्ने

328

सोमवार ११ बजे संघर्ष समितिले पत्रकार सम्मेलन गर्ने

बुटवल, ३ पुस । प्रदेश नम्बर ५ मा रहेका अन्य जिल्लामा वन्द फिर्ता भएपनि गुल्मीमा आज १९ औं दिन सम्म पनि वन्द जारी रहेको छ । सरकारले मंसिर १४ गते संसद संचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरुद्वमा गुल्मीमा मंसिर १५ गते देखि वन्दका कार्यक्रम जारी रहेको छ ।

अन्य जिल्लामा मंसिर १५ गते देखि वन्द गरेर केही दिन पछि फिर्ता गरिएपनि गुल्मीमा भने निरन्तर वन्द हुदै आएको छ । मंसिर ३० गते सम्म साझ देखि विहानको समय सवारी साधन चलेपनि प्रदेश स्तरीय आमहड्तालको क्रममा सबै ठप्प भएको छ । आमहड्तालको पहिलो दिन गुल्मीको सदरमुकाम तम्घासमा पुस १ गते शुक्रवार झडप भएको थियो । झडपमा सासद, पत्रकार, नागरिक अगुवा, नेता, प्रहरी घाइते भएका थिए । झडपको घटना प्रति जिल्ला प्रशासन कार्यालयले गल्ती भएको हिजो स्वीकार गरेको थियो ।

आज वन्दकर्ताले पुनः प्रशासनमा तालावन्दी गरिदिएका थिए । वन्द सुरु भएको २० औं दिन तम्घासमा ११ बजे पत्रकार सम्मेलन राखिएको संयुक्त संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले लुम्बिनी अनलाईनलाई जानकारी दिनुभयो । भोलि ११ बजे पत्रकार सम्मेलन गरेर वन्द जारी राख्ने वा अन्य संघर्षका कार्यक्रम घोषणा हुने उहांले जानकारी दिनुभयो ।

भोलि ११ बजे सम्म गुल्मीमा यातायात, उद्योगधन्दा, कलकारखाना र बजार बन्द हुने संघर्ष समितिले जनाएको छ । भोलि शिक्षण संस्था भने खुल्ने बताइएको छ । भोलि तम्घासमा जिल्ला प्रशासन कार्यालयमा विहान ९ बजे देखि ११ बजे सम्म धर्ना दिने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।