किन रोकियो बिष्णु पौडेलको सपथ ?

411

किन रोकियो बिष्णु पौडेलको सपथ ?

aकाठमाडौं । एमाले उपमहासचिव विष्णु पौडेल सोमबारको मन्त्रिपरिषद् गठनमा पर्ने पक्का थियो । एमालेका अरु मन्त्रीहरुको नाम टुङ्गो नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका पौडेल अर्थमन्त्री हुने टुङ्गो लागिसकेको थियो ।

तर,एमालेबाट तीन मन्त्रीले सपथ लिँदा पनि शीतल निवासमा उनको नाम आएन । अर्थमन्त्री पक्का भइसकेका पौडेल किन मन्त्री भएनन् भन्ने प्रश्न धेरैको मनमा उठेको छ ।

एमाले स्रोतका अनुसार ओलीपछि एमालेबाट दोस्रो बरियताको मन्त्री को हुने भन्ने टुंगो नलागेका कारण बिष्णु पौडेल अर्थमन्त्री हुने निर्णय अन्तिम अवस्थामा रोकिएको हो ।

गृह र परराष्ट्र मन्त्रालय एमालेसँग नरहने भनेपछि उपाध्यक्ष भीम रावल मन्त्री बन्ने सम्भावना अन्त भएको छ । अब सम्भवतः अर्को विस्तारमा बिष्णु पौडेल सहित एमालेका अन्य मन्त्री थपिनेछन् ।

मन्त्री हुन्न, ओलीलाई सफल बनाउँछु

एमाले उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले आफू पुनः मन्त्रिपरिषदमा दोहोरिन नचाहेको प्रष्ट पारेका छन् ।

गौतमले बरिष्ठ उपप्रधानमन्त्री सहित उर्जा मन्त्रालय लिन चाहेको भनी पार्टी पंक्तिभित्र प्रचार गरिएपछि उनले प्रधानमन्त्री केपी ओलीसहित प्रमुख नेताहरुलाई मन्त्री बन्न नचाहेको बताएका हुन् ।

गौतमले आफू मन्त्री दोहोरिन चाहेको भनी गलत हल्ला चलाइएको बताए । ‘म पार्टी उपाध्यक्षको हैसियतमा कमरेड केपी ओलीको सरकारलाई पूर्ण रुपमा सफल बनाउने भूमिकामा रहनेछु’ गौतमले भने ।