लुम्बिनीलाई ५-०ले हराउँदै आर्मी शीर्ष स्थानमा

लुम्बिनीलाई ५-०ले हराउँदै आर्मी  शीर्ष स्थानमा
  • afa
  •  असोज २५/त्रिभुवन आर्मी क्लबले मोफसलको टोली लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा आर्मीले लुम्बिनीलाई ५–० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय लिग फुटबलको उपाधि यात्रा थप बलियो बनाएको छ।
जारी प्रतियोगितामा १५ खेल खेलेको आर्मीले ३० अङ्क जोडेपछि लिगको शीर्ष स्थानका साथ उपाधि यात्रा थप बलियो बनेको हो। जारी प्रतियोगितामा थ्रीस्टार क्लब २९ अङ्कका साथ लिगको दोस्रो स्थानमा छ भने २८ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छ। दुवै टोलीले समान १४÷१४ खेल खेलेका छन्।
आर्मीका खेलाडी भरत खवासले खेल सुरुवाती चौथो मिनेटमा नै पहिलो गोल गर्दै खाता खोले। उनले नवयुग श्रेष्ठको पासमा गोल गरेपछि आर्मीले पहिलो अग्रता लिएको थियो।
खेलको पहिलो हाफसम्म १–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा चार गोल थप्यो। खेलको दोस्रो हाफमा टङ्क बस्नेत र नवयुग श्रेष्ठले समान २÷२ गोल गरे । बस्नेतले खेलको ६३ औँ मिनेटमा दीप लामाको पासलाई सदुपयोग गर्दै गोल गरे। त्यस्तै श्रेष्ठले भने खेलको ७५ र ७८ औँ मिनेटमा दुई गोल थपे।
त्यसैगरी श्रेष्ठले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै बस्नेतले एक गोल गरे। उनले खेलको ८३ औँ मिनेटमा एक गोल थपेपछि आर्मीले लुम्बिनीमाथि ५–० को सहज जित हात पार्यो‍। प्रतियोगितामा म्यान अफ द म्याचको उपाधि भने आर्मीका भरत खवासले प्राप्त गरे।
हारसँगै लुम्बिनी फुटबल क्लब भने उपाधि होडबाट बाहिरिएको छ। १६ खेल खेलेको लुम्बिनी आठ÷आठ अङ्कका साथ लिगको आठाँै स्थानमा छ। भोलि मङ्गलबार थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच खेल हुनेछ।
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •