
बुटवल, ४ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको विरोधमा युवा संघले अनिश्चितकालिन रुपन्देही वन्द घोषणा गरेको छ ।
संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्ल र रुपन्देही जिल्ला सचिव नकुल शाही द्वारा जारी विज्ञ्प्तीमा दोषीलाई कडा भन्दा कडा कारवाही नहुँदासम्म रुपन्देही जिल्ला अनिश्चित कालिन बन्दको घोषणा समेत गरेको जनाइएको छ ।
विज्ञ्प्तीमा हत्याराको पहिचान हुँदा समेत प्रशासन मौन रही पक्राउ नगरेकोप्रति हाम्रो संगठन युवा संघ नेपाल घोर भत्सर्ना गर्दै अपराधिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं भनिएको छ ।

न्याय प्रेमी युवाहरु युवा संघमा, सामाजिक परिवर्तन युवाको का“धमा’
युवा संघ नेपाल
जिल्ला कमिटी, रुपन्देही
मिति ः २०७३ पौष ४ गते
प्रेस विज्ञप्ति
युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष कमरेड दुर्गा तिवारीको आज मिति २०७३ पौष ४ गते दिनको ३ः३० बजे अपराधिक ब्यक्तिहरुद्धारा देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १०० मिटर दक्षिणतर्फ बाटोमा हिडिरहेको अवस्थामा गोली हानी हत्या गरिएको छ । हत्याराको पहिचान हुँदा समेत प्रशासन मौन रही पक्राउ नगरेकोप्रति हाम्रो संगठन युवा संघ नेपाल घोर भत्सर्ना गर्दै अपराधिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछौं । साथै दोषीलाई कडा भन्दा कडा कारवाही नहुँदासम्म रुपन्देही जिल्ला अनिश्चित कालिन बन्दको घोषणा समेत गर्दछौं ।
………….. ……………
सुजु मल्ल नकुल शाही
केन्द्रीय सदस्य सचिव
तथा रुपन्देही इन्चार्ज युवा संघ नेपाल, रुपन्देही