तिवारी हत्याको काँग्रेसद्वारा खेद व्यक्त

366

तिवारी हत्याको काँग्रेसद्वारा खेद व्यक्त

बुटवल, ५ पुस । युवा उद्यमी तथा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद तिवारीको सोमबार दिउँसो गोली हानी हत्या भएको प्रति नेपाली काँग्रेस रुपन्देही निन्दा एवं भ्रत्सना गरेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले आज एक विज्ञप्ती जारी गरि आक्रमण प्रति खेद व्यक्त गर्दै घटनामा संलग्न उपर कडा भन्दा कडा सजायको समेत माग गर्नुभएको छ । उहाँले दिवंगत आत्माको चिरशान्ति तथा परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले गहिरो अनुसन्धान गरि अपराधी पत्ता लगाउन तथा उसलाई चाँडो भन्दा चाँडो कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गर्नुभएको छ भने मृतकका परिवारजनमा धैर्यता अपनाउन समेत आग्रह गर्नुभएको छ ।

जारी विज्ञप्तीमा अपराध नियन्त्रण नहुँदा सम्म यस्ता घटना भईरहने भएकाले अपराध नियन्त्रणकालागि संयमताका साथ सबैको चासो र चिन्तन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।