गुल्मी, पाल्पा र अर्घाखांचीमा वन्द खुल्यो

1.3K

गुल्मी, पाल्पा र अर्घाखांचीमा वन्द खुल्यो

बुटवल, ५ पुस । गुल्मी, पाल्पा र अर्घाखांचीमा वन्द खुलेको छ । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको आक्रोशमा लुम्बिनी अंचलका जिल्ला बन्द भएका थिए ।

गुल्मी र पाल्पामा अहिले साझ ५ बजेबाट र पाल्पामा ६ बजेबाट बन्द खुल्ने बताइएको छ । पाल्पाका पत्रकार देव पचभैयाका अनुसार पाल्पामा ६ बजेबाट बन्द खुल्ने जानकारी गराउनुभयो । त्यस्तै अर्घाखांचीबाट पत्रकार प्रेमनारायण आचार्यले जनाए अनुसार ५ बजेबाट त्यहाको बन्द खुलेको छ ।

गुल्मीमा बन्द वाहेकका अन्य प्रादेशिक स्तरीय कार्यक्रम जारी रहेको संयुक्त युवा परिचालन समितिका अध्यक्ष भरत भलामीले जानकारी दिनुभयो । गुल्मीमा भोलि विहान बैठक बसेर पुस १० गते पछिका अन्य कार्यक्रम तय हुन सक्ने संयोजक भलामीले जानकारी गराउनुभयो ।

तिवारी हत्यामा संलग्नलाई कारवाही माग गदै रुपन्देहीमा युवा संघले अनिश्चितकालिन वन्द गराएको छ ।