कांग्रेस देवदहद्वारा दुःख व्यक्त

1.3K

कांग्रेस देवदहद्वारा दुःख व्यक्त

देवदह, ५ पुस । युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएकोमा नेपाली कांग्रेस देवदह नगर समितिले दुःख व्यक्त गरेको छ ।

नगर समितिले आज विज्ञ्प्ती प्रकाशित गरी घटनाको निन्दा गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरि कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

नेपाली कांगे्रसका महासमिति सदस्य जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडेल, जिल्ला सदस्य बासुदेव रिमाल, नगर सभापति गुनाखर भूर्तेल, उपसभापति हेमलाल पाण्डे, सचिव अर्जुन पोख्रेल, पुर्व महाधिवेशन प्रतिनिधी ज्ञानु गैरे, यमला भट्टराई, अर्जुन लम्साल, दामोदर क्षेत्री, महनीलाल पाण्डे, कपील गौतम, विश्वेश्वर आचार्य, माया सापकोटा, हरि न्यौपाने, भीमलाल पाण्डे, शोभा थापा, शोभा न्यौपाने, भिमकुकमारी क्षेत्री, धनमाया पराजुली, दयासागर दहाल, देयासागर दहाल, देवीप्रसाद श्रेष्ठ लगायतले हस्ताक्षर गरि प्रकाशित  गरिएको विज्ञप्तिमा युवा व्यक्तित्व तिवारी माथि अज्ञात समुहले गोली हानी भएको हत्याले अन्तयन्त मर्माहित बनाएको जनाइएको छ ।