यस्तो छ शव यात्राको रुट

406

यस्तो छ शव यात्राको रुट

बुटवल, ६ पुस । गोली लागि मृत्यु भएका युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा तिवारीको शव यात्रा बुटवलमा निकाल्ने तयारी भएको छ ।

आज ११ बजे शव यात्रा निकाल्ने भनिए पनि दिउसो निकाल्ने तयारी भएको बताइएको छ । शवलाई पोष्टमार्टम गर्नको लागि लुम्बिनी अंचल अस्पतालमा राखिएको छ । पोष्ट मार्टम सकिएपछि  शव यात्रा निकालिने एमालेका नेताले जनाएका छन् ।

अनिश्चितकालिन रुपन्देही वन्द जारी रहेपनि शव यात्राको लागि एमालेका नेता कार्यकर्ता पार्टीको झण्डा राखेर कार, मोटरसाइकल बुटवलमा आउने क्रम सुरु भएको छ । केही समय अघि देवदहबाट मोटरसाईकल र कार लिएर एमाले कार्यकर्ता बुटवल आइपुगेका छन् ।

शव यात्रा पुष्पलालपार्कबाट सुरु भएर अमरपथ, राममन्दीर लाइन, ट्राफिकचोक, अस्पताललाईन, मिलनचोक हुदै चौराहामा आएर शोक सभा गरिने अनेरास्ववियुका केन्द्रीय सदस्य यमराज पाण्डेले जानकारी दिनुभयो । बुटवलमा शोक सभा पश्चात त्यसपछि शव यात्रा देवदव जाने बताइएको छ ।

तिवारीको गोली लागि मृत्यु भएको दिन पुस ४ गते साझ देखि नै रुपन्देही वन्द छ । युवा संघले विज्ञ्प्ती प्रकाशन गरेर अनिश्चितकालिन रुपन्देही वन्द घोषणा गरेको हो । हिजो लुम्बिनी अंचलका अन्य जिल्ला वन्द गरिएपनि आज रुपन्देही मात्र बन्द रहेको छ ।