उनले २०७१ साल फागनु १७ गते अनिल झा संघीय सद्भावना पार्टीसँग एकीकरण गरी नेपाल सद्भावना पार्टी बनाएकी थिइन् ।
पार्टीका अध्यक्ष अनिल झाको पार्टीभित्रका क्रियाकलापबाट असन्तुष्ट गिरीले पार्टीले प्रधानमन्त्री चुनावमा भाग लिएको विरोध गर्दै पार्टीबाट राजिनामा दिएकी हुन् ।
उनले मधेशमा जारी आन्दोलनलाई कुनै निष्कर्षमा नपुर्याई संसदमा प्रधानमन्त्रीका लागि भएको चुनावमा पार्टीले भाग लिएको र जसका कारण मधेशको आत्मसम्मानमा गहिरो चोट पुगेको दाबी गरेकी छन् ।
तर, उनी नेपाल सद्भावना पार्टीले शुरु गरेको आन्दोलनको पक्षमा थिइनन् । उनले नाकाबन्दीको पनि विरोध गर्दै आएकी थिइन् ।
नेपाल सद्भावना पार्टी स्रोतका अनुसार पार्टी एकीकरण भएदेखि नै उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका थिइन् । पार्टीले बोलाएको बैठकमा पनि नआउने र मधेशमा भएको आन्दोलनमा पनि सहभागिता नदेखाउने सरिता गिरी मधेश आन्दोलन हुँदै गर्दा प्रधानमन्त्रीको चुनावमा भाग लिनु राम्रो नभएको भन्दै राजिनामा दिएको कुरा आफैमा अनौंठो रहेको पार्टीका एक नेताले बताए ।
पार्टीका अध्यक्ष अनिल झाले सरिता गिरीले पार्टीबाट राजिनामा दिएको कुरा नआफूलाई र पार्टीलाई केहि थाहा नभएको बताए ।