
बुटवल, ६ पुस । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा यही पर्सीदेखि बुटवलमण्डपमा आयोजना हुनेऔद्योगिक व्यापार मेलाकोतयारी अन्तिम चरणमा पुगेको छ ।
“लगानी लुम्बिनीमा–सम्वृद्धि देशमा” भन्ने नाराका साथ पुस २३ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय बढी स्टल दर्ता भएकोसंघका महासचिव हरी प्रसाद अर्यालले जानकारी दिनुभयो । १७ औं सस्करणको यस पटकको मेलालाई बिशेष प्रकृतिको बनाउन मेलास्थल बुटवल मण्डपमा बिशेष तयारी गरिएको छ ।
काठमाण्डौ बाहिर पटक २०४१ सालमा पहिलो पटक बुटवलमा प्रर्दशनी तथा मेला आयोजना गरेको संघको यस पटकको मेला १७औं सस्करण हो । पटक पटकको बन्दका बावजुद पनि मेलाको प्रवेशद्धार, सचिवालय, स्टल, मञ्च निर्माणका सबै काम सकिएका छन । वाल उद्यान्न, माछा पोखरी निर्माण सहित फिल्ड सजावटका काम भइरहेका छन ।
बन्दका कारण सोचे जस्तो तयारी गर्न नसकिए पनि पुर्व निर्धारित समयमा मेला सुरु हुने मेलाका संयोजक तथा संघका अध्यक्ष महेशमान सिंहले जानकारी दिनुभयो । मेलामा आउने स्टल तथा दर्शक उपभोकताको रुचिमा कमि आउन नदिन रातदिन काम गरीरहेको समेत अध्यक्ष सिंहले बताउनु भयो ।
मेलाको प्रवेशद्धार ऐतिहासिक किल्ला जीतगढीको झल्को दिने खालको बनाइएको छ । जसले बुटवलमा रहेको जीतगढीको थप प्रचार प्रचार गर्न टेवा पु¥याउने छ भनेदर्शक उपभोक्तालाई त्यसले थप रमणीय बनाउने छ । त्यस्तै बुटवलमा नै नमुनाको भक्तपुरका इट्टाबाट बुट्टेदार सचिवलाय बनाएको संघले मेलास्थलमा पनि त्यही सचिवालयको झल्को दिने बिशेष खालको सचिवालय बनाएको छ । सचिवालय नै हेर्दा पनि मेला हेर्न आउनेलाई छुट्टै आनन्द आउने छ ।