
देवदहमा ईलाका प्रहरी कार्यालय स्थापना हुने
बुटवल ६ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समिति रुपन्देहीले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको आज बसेको बैठकले युवासंघ रुपन्देहीका अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
सुरक्षा समितिको सिफारिससँगै तीन दिन अघि गोली लागि मृत्यु भएका तिवारीको दाह संस्कारको वाटो खुलेको हो । त्यसै गरि जिल्ला सुरक्षा समितिले जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउने, तिवारीको हत्या गर्ने अपराधीलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने र व्यक्तिगत रुपमा विभिन्न व्यक्तिलाई फोनवाट आउने धम्की र थे्रटका विषयमा सुरक्षा प्रदान गर्ने निर्णय समेत गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले बताउनु भयो ।
जिल्ला समितिको निर्णय पछि लुम्बिनी अञ्चल अस्पतालमा रहेको तिवारीको शवलाई बुधवार अपरान्ह ५ वजे बाहिर निकाली शवयात्र गरिएको हो । प्रशासन संग तिवारीलाई सहिद घोषणा, हत्यामा संलग्नलाई कारवाही र देवदह क्षेत्रको सुरक्षाको लागि ईलाका प्रहरी कार्यालय स्थापना गर्ने सहमति संगै शव उठाइएको एमाले जिल्ला सदस्य यम रानाले जानकारी दिनुभयो ।
तिवारीको सवलाई बुटवल नगर परिक्रमा गराईएको थियो । नगर परिक्रमा संगै आयोजित शोक सभामा नेकपा एमालेका उपमहासचिवद्धय विष्णु पौडेर र घनश्याम भुसाल तथा युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले तिवारीलाई शहिद घोषणा गराएरै छाडने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । तिवारीको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली दिदै उपमहासचिवद्धय पौडेल र भुसालले पार्टीको झण्डा र युवासंघका अध्यक्ष पहारीले संगठनको झण्डा ओढाउनु भएको थियो ।
विहान ११ वजे तिवारीको सव यात्रा गरिने गरि युवासंघले सूचना जारी गरेता पनि विबिध कारणले ढिला भएको थियो । दिन भर बुटवल नगरको सडकमा हजारौ सुभेच्क्षुकको भिडभाड रहेको थियो । चौराहाको शोकसभालाई सम्बोधन गदै नेकपा एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले सामाजिक, राजनीतिक कारणले कुनै पनि व्यक्तिको हत्या नहुने ग्यारेन्टी गर्न सरकार संग माग गर्नुभयो । तिवारी निवास देवदहमा समेत शोकसभा गरी आजैै तिवारीको पबित्र स्थल देवघाटमा अन्तिम दाहसंस्कारका गरिने बताइएको छ ।
आन्दोलनका क्रममा तिवारीकोे राजनीतिक प्रतिशोधबाट हत्या भएको भन्दै उनको परिवार र एमाले पार्टीले हत्याको छानविनमा सरकारले चासो नदिएको गुनासो गरेको छ ।
तिवारीको हत्यालाई विषयान्तर गर्न नियोजित रुपमा मनोज पुन भन्ने व्यक्तिलाई जोडेर अपराधीकरण गर्न खोजिएको आरोप परिवारको छ । आन्दोलनको अग्रभागमा हिँडेका बेला तिवारीमाथि पटक पटक हत्याको धम्की आएको उनका दाजु चक्रपाणि तिवारीले बताउनु भएको छ । शव यात्रा देवदह प्रस्थान गरे संगै बुटवलमा अन्य सवारीका साधन पनि चल्न सुरु गरेको छ । युवा संघ नेपालका लुम्बिनी अंचल अध्यक्ष तुल बहादुर अधिकारीका अनुसार तत्काल वन्दका कार्यक्रम नरहेको जानकारी दिनुभयो । प्रशासन संग भएको सहमतिलाई कार्यान्वयन गर्न दवाव दिन थप कार्यक्रम पछि सार्वजनिक हुने बताउनुभयो ।