
सैनामैना, ६ पुस । सैनामैना उद्योग वाणिज्य संघको दोश्रो वार्षिक साधारण सभाको अवसरमा सैनामैना नगरपालिकामा रहेर ब्यवसायिक कृषिमा लागेका कृषक, फर्म तथा पत्रकार लाई सम्मान गरेको छ ।
उद्योग तथा ब्यवसाय देशको विकासको मेरुडण्ड भएकाले प्रोत्साहन स्वरुप सम्मान गरिएको संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताउनु भएको छ । सम्मानीत हुनेमा बोलबम पशुपालन फर्म सैनामैना १३ कासीपुरमा दैनिक रुपमा रुपमा तीन सय लिटर दुध उत्पादन गरेका मान बहादुर महत, सामुदायिक बाख्रा पालन तथा नश्लसुधार केन्द्र , बोलबम महिला दुग्ध उत्पादन सहकारी संस्था, लुम्बिनी लाईफ स्टक एग्रोर्फम, रामापुर मौरी पालन केन्द्रका परशुराम अधिकारी, दुधराक्ष नागरिक सचेतना केन्द्र र पर्राेहा नागरिक सचेतना केन्द्रलाई सम्मान पत्रले सम्मान गरेको थियो ।
त्यस्तै पत्रकारीताका माध्यम बाट उद्योग संघले आयोजना गरेको दशैमेला सम्पन्न गर्न सहयोग पुराएको भन्दै लुम्बिनी अनलाईनका ललित पाण्डेय सहित नविन घिमिरे, भुवन जिसी , घनश्याम खरेल , गणेश पोख्रेल , नरेश चौधरी , विष्णु खत्री, कृष्ण भण्डारी, टिका खरेल त्यस्तै सैनामैना प्रथम महोत्सव अन्र्तगत डान्सिङ्ग आईडियलमा प्रथम हुने स्वस्थितका ढकाल लाई पनि सम्मान पत्र सहित नगदले सम्मान गरेएको थियो । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्रीले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुतमा सस्थाले एक वर्ष भित्र गरेका कार्य प्रगति साथमा भावी कयार्यक्रमहरु पनि प्रस्तुत गर्नु भएको थियो ।
अनियमित लोडसेडिङ्गले गर्दा उद्योग धन्दा सञ्चालनमा प्रभाव पारिरहेको अवस्थामा विद्युतमा लगानी गर्न उद्योगी ब्यावसायी तत्पर रहेको बताउनु भयो । क्षेत्रीले आगामि दिनमा सैनामैना नगरपालिकामा फोहोर मैला तथा ढल निकासीको ब्यवस्थामा पनि उद्योग संघले ध्यान दिने पनि जनाउनु भएको छ । सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत नेब बहादुर वलीको प्रमुख आथियत्तामा भएको कार्यक्रममा बोल्दै समृद्ध बन्दै गएको नगरपालिकालाई औद्योगिक क्षेत्रको विस्तार गर्न सैनामैना नगरपालिका अवसर भएको बताउनु भयो ।
भर्खरै स्थापना भएको नगरपालिकालाई ब्रिहत्तर गुरु योजना लाई एकिकृत खाका तयार पारेरे विकास गरिने पनि वलीले बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य फणिन्द्र शर्मा , नेकपा एमाले जिल्ला सदस्य चित्र बहादुर केसी , नेकपा माओबादी केन्द्र्रका जिल्ला सदस्य नारायण न्यौपाने लगायतले बोल्नु भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष प्रेम खड्काको स्वागत तथा रामप्रसाद अधिकरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।