नयाँ नेतृत्व चयनकालागि भोली निर्वाचन हुँदै

1.3K

नयाँ नेतृत्व चयनकालागि भोली निर्वाचन हुँदै

बिकास गौतम/
कपिलवस्तु, ६ पुस । सरकारले तोकेको भाडा कार्यन्वयन गराउन नसक्दा ट्रक ब्यवसायी मारमा परेको सरोकारवालाले बताएका छन् । सरकारले ट्रकका लागि भाडा तोकेपनि कार्यन्वयन गराउन नसक्दा ट्रक ब्यवसायी मारमा परेको उनीहरुको भनाई रहेको छ ।

अन्य सवारी साधनले मनपरि भाडा बढाउदा केही गर्न नसक्ने तर सरकारले तोकेको भाडा मालबाहक ट्रकलाई दिलाउन नसक्नु दुःख रहेको उनीहरुको बताए । आज कपिलबस्तुको बाणगंगामा बाणगंगा यातायात ब्यवसायी समितिको १२ औ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यवसायी महासघंका अध्यक्ष अर्जुन रानाभाटले पछिल्लो आँकडा अनुसार नेपालमा ५८ हजार ट्रक रहेको र एक दिन नेपाल बन्द हुदा एउटा ट्रक धनिलाई करिव ५ हजारको घाटा हुने गरेको बताउनु भयो । कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले सरकारले यातायातका क्षेत्रमा बिभिन्न नीति, नियम बनाएको भएता पनि कार्यन्वयन पक्ष फितलो भएको स्वीकार्दै एकजुट भई यस क्षेत्रका समस्या समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बेल्बासे, नेपाली काँग्रेसका रवि काफ्ले, नेकपा एमालेका चक्र अर्याल लगातयले यातायात मुलुक बिकासको आधार पनि भएको यस क्षेत्रमा देखिएका समस्यालाई अविलम्ब समाधान गर्नुपर्ने बताएका थिए । बाणगंगा यातायात ब्यवसायी समितिका अध्यक्ष बिष्णु प्रसाद न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै ट्रकलाई सरकारले तोकेको भाडा दिलाउन नसकेकै कारण ट्रक व्यबसायीहरु पलायन हुने स्थित आएको बताउनु भयो ।

त्यस्तै चार लाख युवालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिएको ट्रक यातायात धाराशायी हुँदा उनीहरुको रोजीरोटीमा समेत प्रश्न चिन्ह खडा भएको बताउँदै सरकारले वेलैमा ध्यान दिन समितिका महासचिव लक्ष्मण भुसालले आग्रह गर्नुभयो ।

समितिमा नयाँ नेतृत्व चयनकालागि बिहीबार निर्वाचन हुँदैछ ।