विरगञ्ज वाहेक सबै नाकाबाट सवारी भित्रिए

518

विरगञ्ज वाहेक सबै नाकाबाट सवारी भित्रिए

ooooooooooooरुपन्देही,असोज । भारत पक्षद्धारा गरिएको अघोषित नाकाबन्दी खुकुलो भएपछि पेट्रोलियम पदार्थका ट्याङ्कर लगायतका मालबाहक सवारी धमाधम भित्रिन थालेका छन्। विरगज्को नाका वाहेक अन्य नाकाबाट सवारीका साधनहरु निर्वाध भित्रिन थालेका छन् । रुपन्देहीको बेलहिया ९भैरहवा० नाकाबाट आज पनि सहज रुपमा मालवाहक सवारी साधनहरु मुलुकमा प्रवेश गरिरहेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सिमानामा अवरोध गर्न नसकेपछि र रुपन्देहीको प्रशसानले भारतीय प्रशसानलाई सुरक्षाको प्रत्याभूति दिलाएपछि सोमबारदेखि भारतबाट सहजै गाडीहरु भित्रिरहेका हुन् ।

मंगलबार भारतबाट साढे ११ बजेसम्म विभिन्न साम्रगीका ६२ वटा मालवाहक सवारी साधनहरु मुलुकमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।

जसमा एउटा तेलको ट्यांकर, केमिकलका बुलेट ग्याँस २ वटा र ५९ वटा विभिन्न साम्रगीका मालवाहक सवारी रहेका छन् ।

एक हप्ता ठप्प भएर खुकुलो भएको भैरहवा नाकाबाट सोमबार रातिसम्म तेल र ग्याँसका ट्यांकर सहित १९७ वटा मालवाहक सवारी साधन मुलुकमा प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
मधेसी मोर्चाले नाकाबन्दी आहृवान गरेदेखि भारतबाट नेपालमा भित्रिन लागेको मालवाहक सवारीहरु भारतीय सुरक्षाकर्मीले चेकजाँचको नाममा ढिलासुस्ती गरेर निकै न्यून संख्यामा छोड्दै आएको थियो ।

सोमबारदेखि भने समान्य चेकजाँच गरेर अली बढी नै मालवाहक सवारी छाडिरहेको छ । यसमा ग्याँस तथा तेलका ट्यांकर समेत रहेका छन् ।

आइतबार र सोमबार पूर्ण ठप्प रहेको जोगबनी भन्सारमा मंगलबार विहानै पेट्रोलियमका ट्याङकर भित्रिएका छन्।
विराटनगर भन्सार कार्यालयका अनुसार मंगलबार विहान १२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नेपाल आइसकेका छन्। अरू ५८ वटा ट्याङ्कर आउने क्रममा छन्।
‘आइतबार र सोमबार एउटा पनि मालबाहक सवारी आएका थिएनन्,ु विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले सेतोपाटीसँग भने, ‘मंगलबार विहानैदेखि भारतबाट मालबाहक सवारी आउन थालेका छन्।ु
उनका अनुसार ग्यास बोकेका १५ वटा बुलेट पनि भित्रिएका छन्। अन्य सामग्री बोकेका ७० वटा गाडी पनि नेपाल छिरेका छन्। भारतबाट आइपुगेका बुलेट र ट्याङ्करलाई मंगलबारै नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोमा पुर्‍याउने प्रहरीले जनाएको छ।
‘डिपोमा पुगेका बुलेट र ट्याङ्कर बुधबार गन्तव्यमा पुग्नेछन्,ु मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले भने, ‘सिमा क्षेत्रमा आन्दोलनकारी नदेखिएकाले आपूर्ति सहज हुने विश्वास गरेका छौं।ु
स्थानीय प्रशासनले पेट्रोलियम र ग्यासका गाडी भित्रिन थालेकाले दसैंमा सर्वसाधारणलाई सजिलो हुने जनाएको छ। ग्यास र पेट्रोलियमका सयौं गाडी भारततिर रोकिएका थिए।
सिमा क्षेत्रमा आन्दोलनकारी नदेखिएपछि ती गाडी नेपालतिर ल्याउन प्रयत्न भइरहेको प्रशासनले जनाएको छ। दसैंका लागि सार्वजनिक सवारीलाई तेल सहज आपूर्ति गराउने योजना रहेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए।
मोटरसाइकल धनीलाई यसअघि हप्तामा तीन लिटर पेट्रोल बाँड्ने गरिएको थियो। तेल आपूर्ति सहज बने त्यसमा अझै अनुकूल गराउने प्रशासनको योजना छ।
सुरक्षा स्रोतका अनुसार बिहारमा हुन गइरहेको विधान सभा निर्वाचनका लागि भारतीय पक्षले कडाइ थालेको छ। यसअघि भारतीय क्षेत्रबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपालतिर ढुंगामुढा गर्ने गरेका थिए।
सोमबारबाट भारत पक्षले सिमा क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। भारतपक्षले सिमा क्षेत्रमा भेला जम्मा हुन रोक लगाएको छ। भारतले रोक लगाएपछि सिमामा रहेका आन्दोलनकारी पनि भागेका छन्।