भैरहवामा कानुनी चर्चा

836

भैरहवामा कानुनी चर्चा

भैरहवा, ७ पुस । रुपन्देही जिल्ला अदालत बार एशोसियसनको वार्षिक मुखपत्र     कानुनी चर्चाको विमोचन भएको छ ।
जिल्ला न्यायधिश बालचन्द्र शर्माको प्रम्ुख आतिथ्यतामा सम्पन्न उक्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै  न्यायधिशहरुले बार र अदालत एउटा रथका दुई पांग्रा भएको बताए ।

कार्यक्रममा प्रमुख अतिथी न्यायधिश शर्माले  रुपन्देही जिल्ला अदालत  बार एशोसियसनद्धारा प्रकाशित कानुनी चर्चाले न्याय सम्पादमा  महत्वपुर्ण महत्पुर्ण टेवा दिने जनाए ।

एशोसियसनका अध्यक्ष मोहन कुमार देउजा क्षेत्रीको सभापतित्व, उपाध्यक्ष तारानाथ आचार्यको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा न्याधिस नारायण पोखरेल, अधिवक्ता गोपाल पाण्डे, पु्स्तक प्रकाशन समिती संयोजक अधिवक्ता शेषनारायण भण्डारी, सुवास धितालले मन्तब्य राख्दै कानुनी चर्चामा नेपालको कानुनको प्राक्टीस, इतिहांस  र न्याय सम्पादनको क्रममा आइपर्ने अफ्ठयारोको बारेमा लेखिएका अनुसन्धानमूलक लेखहरुले कानुनको सहजीकरणमा टेवा दिने जनाए ।

अंक ८, वर्ष ४० को रुपमा प्रकाशनमा आएको उक्त पुस्तक १ सय ४१ पृष्ठको रहेको छ ।  पुस्तकमा संग्रहीत २७ वटा लेखहरु कानुनका विद्यार्थी, कानुनमा चासो राख्ने महानुभाव मात्रै नभए न्यायलय संग सम्बन्धीत सबैकोलागी उपयोगी हुने पुस्तक प्रकासन समितीका संयोजक भण्डारीले विश्वास व्यक्त गरे ।