काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो पटक राष्ट्रपतिलाई भेटेका हुन् । यसअघि ओलीले सोमबार राष्ट्रपतसमक्ष सपथ लिएका थिए ।
शीतल निवासमा भएको भेटमा नयाँ सरकारको प्राथमिकता, तराई मधेसमा भइरहेको आन्दोलन लगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले तराई मधेसमा आन्दोलनरत पक्षहरुसँग वार्ता र सम्वादबाटै निकास खोजिने बताएका छन् ।