तिवारीको हत्यामा संलग्नलाई कारवाही माग

1.3K

तिवारीको हत्यामा संलग्नलाई कारवाही माग

बुटवल, ८ पुस । युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाही माग गदै आज बुटवलमा मोटरसाईकल ¥याली निकालिएको छ ।

तिवारीको हत्यामा संलग्नलाई कारवाही र संविधान संशोधन प्रस्तावको विरुद्वमा एमालेको भातृ संगठन अनेरास्ववियु र युवा संघ नेपालको संयुक्त आयोजनामा मोटरसाइकल ¥याली निकालिएको हो ।

आज बिहान राजमार्ग चौराहाबाट सुरु भएको मोटरसाइकल ¥याली पुष्पलालपार्क, टा«ाफिकचोक, गोलपार्क, पुलचोक, हाटबजार, अमरपथ, इटाभट्टी, तीनकुने, मिलन चोक हुँदै योगिकुटी पुगेर कोणसभामा परिणत भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

कोणसभामा बोल्दै युवा संघका केन्द्रीय सदस्य तथा युथफोर्स विभाग उपप्रमुख ध्रुव आचार्य, अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेल, युवा संघ रुपन्देहीका सचिव नकुल शाहीले बोल्दै दुर्गा तिवारीको हत्यामा संलग्नलाई पक्राउ गरी अविलम्ब कडा भन्दा कडा कारवाही नहुँदा सम्म र संविधान संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म युवा विद्यार्थीहरुको आन्दोलन नरोकिने बताएका थिए ।

भोलि पुस ९ गते दिउसो १ बजेदेखि २ बजेसम्म बुटवलका सडकहरुमा सवारी साधनहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।