रेडियो मुक्ती नवौं वर्षमा प्रवेश

379

रेडियो मुक्ती नवौं वर्षमा प्रवेश

बुटवल, ८ पुस । महिला समानताका लागि संचार अभियानद्धारा संञ्चालित सामुदायिक रेडियो मुक्ति ९५.५ बुटवल  भोली  पुस ९ गते देखि आठौं बर्ष पुरा भइ नवौं बर्षमा प्रबेश गदैछ ।

सचेत नारी सचेत परिवार, हरेक क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ स्थापित रेडियो मुक्तीले २०६५ साल पुस ९ गतेबाट नियमित प्रसारण सेवा सुरु गरेको हो । महिलांिहसा न्यूनीकरण, महिला शसक्तीकरण र समाज रुपान्तरणका लागि आवाज उठाउदै आएको रेडियोले आफ्नो नवौ बर्ष प्रबेशको अवसरमा बिभिन्न कार्यक्रम गर्ने भएको छ । रेडियोले बुटवल १५ जितगढीमा रहेको कुष्ठरोगबाट प्रभाबित व्यक्ति कल्याण समिती र तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको अनाथ आश्रमलाई नगद सहित आर्थीक सहयोग गर्ने रेडियोका स्टेशन म्यानेजर कल्पना तिवारीले बताउनु भयो  ।

साथै रेडियोले यही पुस १४ गते बिहीबवर महिला शसतmीकरणका लागि रेडियो मुतmीको भुमिका बिषयक सरोकारवाला सँग अन्तरसँवाद कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । नवौं वर्ष प्रवेशको अवसरमा  रेडियोका अध्यक्ष साबित्रा अर्यालले रेडियोको नवौं बर्षसम्मको यात्रामा सहयोग गर्ने शुभेच्छुक, विज्ञापनदाता, श्रोतामा आभार प्रकट गनुभएको छ । रेडियो  दैनिक १८ घण्टा प्रसारण हुदै आएको छ  ।