धमाधम भित्रिन थाल्यो इन्धन

1K

धमाधम भित्रिन थाल्यो इन्धन

06102015103648oil-1000x0रुपन्देही,असोज ।  बुधबार दिउँसोसम्म कुल ४९ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा १९ बुलेट ग्यास विभिन्न नाकाबाट नेपाल प्रवेश गरेको छ । विराटनगरबाट सबैभन्दा धेरै ३२ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर तथा १५ वटा ग्यासका बुलेट नेपाल प्रवेश गरेका छन् भने काँकडभिट्टा नाकाबाट पनि ४ वटा ग्यासका बुलेट छिरेका छन् ।

यस्तै पश्चिम नाका नेपालगञ्जबाट पनि १३ ट्यांकर डिजल आएको छ भने पश्चिमको अर्को नाका भैरहवाबाट २–२ ट्यांकर डिजल र पेट्रोल भित्रिएका छन् ।

अन्य दिनभन्दा सबै तिरका नाका खुकुलो भएपनि पेट्रोलियम पदार्थ बोकेका गाडी भने यथोचित मात्रामा अझै आइरहेका छैनन् । वीरगन्जको नाका बाहेक अन्य कुनै पनि नाकामा हाल अवरोध गरिएको छैन ।

मेची भन्सार प्रमुख भिम अधिकारीका अनुसार आज दिउँसोसम्ममा १०१ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् । प्राय धेरै गाडीले औद्योगीक सामाग्री बोकेका छन् । उनको अनुसार ३२ वटा ट्यांकर भारतीय आयल कर्पोरेसनको पानीट्यांकी ढिपोमा इन्धन लिन गएका छन् । ‘मैले पाएको जानकारी अनुसार १५ वटा गाडी आइओसीको हाता भित्रै प्रवेश गरिसकेका छन्,’ उनले भने, ‘आयल निगमका कर्मचारीका अनुसार आज बेलुकासम्ममा २२ वटा ट्यांकर नेपाल प्रवेश गर्ने सम्भावना छ ।’

यस्तै नेपालगञ्जबाट पनि आइओसीको गोण्डा ढिपोमा ६ वटा पेट्रोलको गाडी लोड भइरहेका छन् । भैरहवा नाकाबाट आज ८५ वटा मालवाहक गाडी तथा ३० वटा पिकअप भित्रिएका छन् । विराटनगर नाकाबाट पनि १०० वटा मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् ।