मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ : अध्यक्ष रोका

1.3K

मगरात प्रदेश प्राप्त नभए सम्म लडिरहन्छौ : अध्यक्ष रोका

देब पचभैया/
पाल्पा, ८ पुस । संविधान संशोधन प्रस्तावको स्वागतमा पाल्पामा आज विशाल मगरात जनसभा भएको छ । मगर संघ केन्द्रीय समिति, मगरात संघर्ष समिति र संयुतm मगर मञ्च नेपालको आयोजनामा तानसेनमा ¥याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलबस्तुबाट सहभागी भएका थिए ।

मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित  कार्यक्रमका बतmाहरुले संशोधित संविधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् ।

सभालाई संवोधन गर्दै मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने उद्घोष गर्नुभयो । अखण्डको आन्दोलन गर्नेहरु संघीयता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौ देखि अधिकारबाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन भनेर अहिले संसदमा प्रस्तावित संबिधानको विरोध भएको दावी गर्नुभयो ।

मगरात जातिय राज्य नभएको भन्दै उहाले ऐतिहाशिक थात थलो र मगरहरुको पसिना र रगतले सिर्जित स्थानलाई समेटेर अहिले प्रस्ताव गरिएको संसोधित संविधानको विरोध गर्नेहरुले मगरलाई अधिकार दिन बाट बन्चित गर्न खोजेको आरोप लगाउनुभयो ।

सभालाई संवोधन गर्दे संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती,  पुर्ब सभासद एबं मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सुदर्शन बराल, सांसद तुल्सा राना, संघका भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा, केन्द्रीय सदस्य राम जर्घा, मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु, जनजाति महासंघ पाल्पाका अध्यक्ष केयर सिङ्ग राना लगायतले एकिकृत मगरातको बारेमा बोल्नु भएको थियो ।

मगर संघ लुम्बिनी अंचल प्रमुख धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले स्वागत गर्नुभएको थियो भने मगर संघ पाल्पाका सचिब यस कुमार गरम्जाले कार्यक्रम संचालन गर्नुभएको थियो ।