
बुटवल, ९ पुस । सरकारले भोलि पुस १० गते सार्वजनिक विदा दिएको छ । सरकारले क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । नयां संविधान घोषणा संगै क्रिसमस डे को विदा हटाइएको थियो ।
राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो । क्रिष्टियन धर्मावलम्बीहरुले विदा माग गदै सरकारलाई ज्ञापन पत्र बुझाएका थिए ।
आज मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।