बुद्ध टेलिभिजनका कर्मचारीमाथी कुटपिट

727

बुद्ध टेलिभिजनका कर्मचारीमाथी कुटपिट

aasssssssssssssssबुटवल,असोज । बुद्ध टेलिभिजनका कार्यक्रम उत्पादन शाखाका कर्मचारी रोहित चाधरीमाथी कार्यलयबाट घर तर्फ जार्दै गर्दा कुटपिट भएको छ । सोमबार राती साठे ८ बजे बुटवलबाट चौधरी आफ्नो घर फर्साटिकर जार्दै गर्दा मोतिपुरको रानीगञ्जमा नचिनेका पांच जना युवाहरुले कुटपिट गरेका हुन् । मोटरसाईकलमा सवार चौधरीलाई मोटरसाईकल रोकेर मोटरसाईकल तोडफोड तथा कुटपिट भएको हो । खटना लगत्तै प्रहरीलाई खवर गरेपनि कुटपिटमा सम्लग्नहरुको वारेमा अझै पत्ता लाग्न सकेको छैन ।
मादक पदार्थ सेवन गरेर सडकमा हिडिरहेका युवाहरुले चौधरीलाई मोटरसाइृकल सहित नहरमा खसालेका थिए । कुटपिटबाट घाइृते भएका चौधरीको संवेदशिल अंगमा चोट लागेको छ । तत्काल उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिए पनि थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएको हो । यस विषयमा ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले घटनामा सम्लग्नहरुको खोजी गरि कारवाही गर्ने बताउनु भयो ।
यसैविच आफ्ना कर्मचारी चौधरी माथी भएको कुटपिट प्रति बुद्ध सामुदायिक टेलिभिजनले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।
टेलिभिजनका अध्यक्ष पृथ वहादुर फौदारले विज्ञप्ती प्रकाशित गरि दोषि उपर कडा कारवाहीको माग गर्नु भएको छ ।