जातिय पहिचान र अधिकारका लागि एकता आवश्यक

1.3K

जातिय पहिचान र अधिकारका लागि एकता आवश्यक

बुटवल, ९ पुस ।  जातिय पहिचान र अधिकारका लागि जातिय एकता नै आवश्यक रहने सरोकारवालाले बताएका छन् । आफ्नो भाषा सँस्कृती भेषभुषालाई संरक्षण गर्ने दायित्व र जिम्मेवारी सम्वन्धित समुदायकै भएको उल्लेख गर्दै उनीहरुले जातिय तथा भाषिक संरक्षणका लागि आआफ्नो समुदाय सक्रिय रहनु पर्ने बताएका थिए ।

२६ सय औं ल्होसार पर्वको अवसरमा तमु ह्यूल छोंज धि गुरुङ्ग राष्ट्रिय परिषद् बुटवल–५ ज्योतिनगर ईकाई समितिले  बुटवलमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने गुरुङ्ग समुदायका अगुवाहरुले जातिय पहिचानका लागि आफ्नोतर्फबाट सबैको सहकार्य आवश्यक रहने धारणा राखेका हुन् ।

तमु ह्यूल छोंज धि गुरुङ्ग राष्ट्रिय परिषद् बुटवल ईकाइका अध्यक्ष चन्द्रबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का रुपन्देही उपाध्यक्ष टेकबहादुर गुरुङ्ग, तमु प्यल्हु संघका रुपन्देही उपाध्यक्ष खड्कबहादुर गुरुङ्ग, बुटवल ईकाई समितिका सल्लाहकार चिनबहादुर गुरुङ्ग, ज्योतिनगर क्षेत्र विकास परिषरका निर्वतमान अध्यक्ष धनश्याम चापागाई, ईकाइ सदस्य दुद्यबहादुरगुरुङ्ग, नेवार समाजका अध्यक्ष लिला श्रेष्ठ, आमा समुहका अध्यक्ष कौशरी गुरुङ्ग, बुटवल मेलमिलाप समितिका विनोद पौडेल, दुर्गापञ्चायन समितिका अध्यक्ष दुर्गा पराजुली, टेकलाल अर्याल, जुद्धबहादुर तमु लगायतले जातिय पहिचान र आफ्नो भाषा संस्कृतिको संरक्षणका लागि परिवार र समुदायनै अग्रसर रहनु पर्ने उल्लेख गर्दै ल्होसार पर्वको शुभकामना दिनु भएको थियो ।

तमु ह्यूल छोंज धि गुरुङ्ग राष्ट्रिय परिषद् बुटवल ईकाई समिति सचिव रमेश गुरुङ्गको संचालनमा कार्यक्रम भएको थियो । यसवर्षको पुस पन्ध्र अर्थात ल्होसार पर्वमा गुरुङ्ग समुदायले बादर वर्गलाई विदाई र चरा वर्गलाई स्वागत गर्दै छन् ।