मुटुरोगी जैसीलाई लायन्स भृकुटीको सहयोग

1.3K

मुटुरोगी जैसीलाई लायन्स भृकुटीको सहयोग


मनकारीले सहयोग गरे बांच्ने आशा
बुटवल, ९ पुस ।  तीन वर्षदेखि मुटुको र एकवर्षदेखि खुट्टामा रक्त संचार बन्द भएको समस्याले पीडित एक युवालाई लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले आर्थिक सहयोग गरेको छ ।

बागलुङको पश्चिमी भेग निसी गाविस वडा नं. ३ निसी नाम घर भई रूपन्देही शंकरनगर मा आफन्तको घरमा बस्दै आएका २५ वर्षिय खिमलाल जैसीलाई क्लबले आज बुटवलमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरेको हो । लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीकी अध्यक्ष अमृता कालिराजको अध्यक्षता तथा लायन्स क्लब ३२५ बि टु नेपालका पुर्ब गभर्नर महेन्द्रनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका रिजन चियर पर्सन महेन्द्र ध्वजु लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुबाट उठाईएको नगद १९ हजार एक सय ६० रुपैया हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले हामी सेवा गर्छौ भन्ने मुल नारा बोकेको लायन्स क्लबका सदस्यहरुको सहयोगले बिगतका दिनहरुमा धेरै असहायहरुले बिभिन्न किसिमका सहयोगहरु प्राप्त गरेको स्मरण गराउदै मुटुरोगबाट पिडित जैसीलाई आगामि दिनहरुमा पनि क्लबमार्फत थप सहयोग उपलब्ध गराउन प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल, सिद्धबाबा भृकुटीका डिष्ट्रिक एडभाईजर उम¨ देबकोटा, एरिया चिफ किरण खरेल, पुर्ब अध्यक्ष तथा जोन चियर पर्सन राधिका भुसाल, कार्यक्रम संयोजक चन्दा थापा, क्लबकी सचिब तुल्सा सिंह, मुटुरोग पिडित खिमलाल जैसी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

मुटुरोग र अल्सर रोगबाट पिडित भएका जैसीको देब्रे खुट्टामा रक्त संचार  बन्द भएपछि थप पिडामा परेका छन् ।
घरको आर्थिक अवस्था ज्यादै कमजोर  भएका जैसीले भएको सम्पत्ति बेचेर तथा सहयोग जुटाएर गत बर्ष माघमा मुटुको शल्यक्रिया गरेका थिए ।

शहीद गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रिया गरेका जैसीलाई लगत्तै अल्सरको समस्या देखिएको र त्यसको उपचार गर्दागर्दै पुनः खुट्टामा रक्त संचार बन्द भएपछि उनी कसरी उपचार गर्ने भन्ने पिरलोमा परेका हुन् ।

‘शुरुमा विमार पत्ता लगाउनै दुई वर्ष लाग्यो, र रोग पत्ता लागेपछि मुटुको उपचार मा २५–३० लाख खर्च भैसक्यो’ –जैसीले गला अवरुद्ध पार्दै भने–‘ घरमा १० लाख भन्दा बढी ऋण तिर्न बांकी छ,अब फेरि ऋण कसैले पत्याउंदैनन्,भएको सम्पत्ति पनि बेचेर सकियो।’ आफ्नो उपचा®का लागि कपिलवस्तुको बै®ियामा रहेको एउटा र निसीकै एउटा घडेर बेचिसकेको र अब बेच्न मिल्ने सम्पत्ति केही नभएकाले उपचार गर्न कठीन भएको जैसीले दुखेसो पोखे ।
उनले आफूलाई सहयोग गर्न चाहनेलाई प्रभु बैंकको खाता नं.०४२०१०००७०९८२००००००१ मा रकम जम्मा गरिदिन अनुरोध समेत गरेका छन् ।